logo

पूर्व प्रधानमंत्री नेपाल उपप्रधानमंत्री रावल ६ महिनाकालागि निलम्वित , अन्यलाई पनि कारवाही गर्न माँग

      3/29/2021 गते 00 00 मा प्रकाशित     625   पटक पढिएको

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवैजनाले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै दुवैलाई पत्र पठाएर ६ महिनाका लागि निलम्बन गर्नु भएको हो।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि दुवै नेतालाई पार्टी केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको थियो । चैत १२ गते उनीहरुले पठाएको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । 

 


नेकपा एमालेको नाममै समानान्तर गतिविधि संचालन गर्दै आएको नेपाल खनाल गुटले गतिविधि नरोके पछि पार्टीले कारवाहीको बाटो अख्तियारी गरेको बालुवटार सोतले जनाएको छ ।

 

नेपाल र रावललाई कारवाहीको भएको बिषयमा सामाजिक संजालमा अधिकांशले ठिक निर्णय भन्दै स्वागत गरेका छन ।

 

सामाजिक संजालमा समानान्तर गतिविधि गर्ने अन्यलाई पनि कारवाही गरिनु पर्ने कुरा जोडतोडले उठाइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.