logo

जनकपुरधाममा यातायात ब्यवस्था कार्यालयको आफ्नै भवनको मुख्यमन्त्री सिंहले गरे शिलान्यास

 इसीमाना सम्वाददाता     २०८१ फागुन २९ गते ०६: ५१ मा प्रकाशित     435   पटक पढिएको

जनकपुर । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नयाँ भवन निर्माण कार्यको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ।

 

 जनकपुरधाम उपमहानगरपालिका–८, ज्ञानकुप संस्कृत विद्यालयको पूर्वपट्टी निर्माण हुन लागेको उक्त भवनको शिलान्यास मुख्यमन्त्री सतिश कुमार सिंहले हिन्दू विधिअनुसार गरेका छन्।

शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले यातायात कार्यालयजस्तो अत्यधिक व्यस्त सेवा प्रदायक संस्थाको आफ्नै भवन नहुनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै नयाँ भवन निर्माण सुखद सन्दर्भ भएको बताए।

 

साथै, उनले कार्यालयलाई गलत गतिविधि रोक्न र आफ्नै भवनबाट नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे।

 

आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियानलाई निरन्तरता दिने बताउँदै उनले एसईई परीक्षा प्रणालीलाई मर्यादित बनाउन केन्द्रित हुने जानकारी दिए।


श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले यातायात क्षेत्रमा व्याप्त बिचौलियाको हस्तक्षेप  तथा दुरुपयोग रोक्न अत्याधुनिक ट्रायल सेन्टरसहितको भवन निर्माण हुन लागेको जानकारी दिए।

 

उनले साउन महिनादेखि सो कार्य प्रारम्भ हुने बताउँदै नयाँ व्यवस्थाले नागरिकलाई सहज र वास्तविक सेवा प्राप्त गर्न मद्दत गर्ने उल्लेख गरे।

नयाँ भवन निर्माणका लागि सिता कुण्डका महन्त राम नरेश दासले एक बिघा जमिन दान गरेका छन्।

 

उक्त जग्गामा आधुनिक ट्रायल सेन्टर समेत रहनेछ। शिलान्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–८ का वडा अध्यक्ष दिनेश सिंह, कार्यालय प्रमुख धनंजय कुमार  सिंहसहितका व्यक्तिहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.