कोरोना भाइरसको संक्रमणका कारण बीरगंज १४ गते बिहान दुई महिलाको मृत्यु भएको छ । बीरगंज महनगरपालिका वडा नं २५ निवासी ६५ वर्षिय र जीतपुर सीमरा उपमहानगरपालिका वडा नं २ की ४० वर्षिया महिलाको संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिनु भयो ।
बैशाख १३ गते एन्टिजेन बिधिबाट परिक्षण गर्दा ६५ वर्षिया महिलामा भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो । उनलाई उपचारकोलागि १३ गते नै अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहान ३ बजे उनको मृत्यु भएको डा. दासले जानकारी दिनु भयो ।
त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ४० बर्षीया महिलाको नारायणी पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
नारायणी अस्पतालमा बैशाख ९ गते भर्ना गरिएकोमा उनको सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमित महिलाको १४ गते बिहान करिब साढे एक बजेतिर मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
तपाईको प्रतिक्रिया