logo

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भइसकेपछि  वीरगञ्जमा ३० जनाको मृत्य

      4/30/2021 गते 00 00 मा प्रकाशित     611   पटक पढिएको

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भइसकेपछि  वीरगञ्जमा ३० जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट सहितको संक्रमणका कारण उनीहरुको मृत्यु भएका हो ।

 

शुक्रवार साँझ  वीरगञ्ज–९ बस्ने ७४ वर्षीया महिलाको मृत्यु भएसंगै यो संख्या ३० पुगेको हो  । योसँगै नयाँ भेरियन्ट शुरु भइसकेपछि पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

 

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममै शुक्रबार साढे ५ बजे ति महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनु भयो  ।

 

वैशाख १४ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट उनलाई नेशनल मेडिकलको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

 

गत मंगलबार भर्ना भएर उपचाररत बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ निवासी ४७ वर्षकी महिलाको पनि मृत्यु भएको छ । त्यसैगरि  बीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ४८ वर्षकी महिलाको पनि उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनु भयो  ।


यस्तै बाराको जीतपुर सिमरा उप महानगरपालिका वडा नम्बर २४ निवासी ७७ वर्षका वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.