प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध एक महिलाले प्रहरीमा उजुरी गर्नु भएको छ । जनता समाजवादी पार्टीको नेतृ ललिता दासले बैठा बिरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिनु भएको हो ।
सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत बदनियत तरिकाले यौन सम्बन्धको प्रस्ताव राख्दै अभद्र व्यवहार गरेको भन्दै उहाँले जाहेरी दर्ता गराउनु भएको हो ।
सर्लाहीको विष्णु गाउँपालिका ४ घर भएका ५० वर्षीय बैठाले ०७७ चैत ९ गते राति ११ बजेको समयमा फेसबुकमा म्यासेज पठाएर तथानाम गाली गरेकाले आगर्नु भएको छ ।
बैठाले मुलुलकी अपराध फौजदारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफ ११८ बमोजिम अभद्र व्यवहार गरेकाले उनलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्न दासले माग गर्नु भएको छ ।
तपाईको प्रतिक्रिया