logo

छ माहिनादेखी तलव नपाएका चिकित्सक स्वास्थ्यकर्मीहरु आन्दोलीत, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

 इसीमाना सम्बाददाता     २०८१ चैत २० गते ०९: ३७ मा प्रकाशित     445   पटक पढिएको

वीरगन्ज । मधेश सरकारले आफना सहकर्मीहरुको तलव भूक्तानी नदिएपछि नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटी आन्दोलनमा उत्रिएको छ ।

चिकित्सकले तलब सुविधा नपाएको बिषयमा प्रदेश सरकार गम्भिर नपाइएपछि आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ । 

मधेश सरकारले नियुक्त गरेका चिकित्सक र स्वास्थ्यकर्मीको ६ महिनादेखिको तलब खान पाएका छैनन । नेपाल चिकित्सक संघका मधेश प्रदेशका संयोजक डा.निरज सिंहले एक बिज्ञप्ति जारी गर्दै सरकारको यो रबैयाको कडा शब्दमा आलोचना गरेका छन ।

 

उनले जनस्वास्थ जस्तो सम्बेदानशिल पेशामा संलग्न पेशाकर्मीहरुले काम गरेको पारिश्रमीक नपाउन आफैमा निकै दुःखदायी रहेको बताएका छन 

 

डा.सिंहले जारी गरको बिज्ञप्ति अनुसार मधेस सरकारले  बाँकी तलब भुक्तानी नगरेको भन्दै आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरिएको जनाइएको छ ।

 

 कमिटीले चैत २१ र २२ गते अर्थात् बिहीबार र शुक्रबार आकस्मिक बाहेक सम्पूर्ण सेवाहरु ठप्प पार्ने निर्णय गरेको हो ।

उनका अनुसार मधेस प्रदेशस्थित प्रादेशिक, शिक्षण अस्पताल र स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएपछि संघले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिइएको थियो ।

 तर, आफूहरुको मागप्रति प्रदेश सरकार गम्भीर नबनेकोले प्रदेशभरका स्वास्थ्य संस्थाहरुमा सम्पूर्ण सेवाहरु दुइ दिनका लागि बन्द गर्ने घोषणा गरिएको हो ।

संघले चैत २२ पछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.