logo

वडाध्यक्ष तमाङको स्वार्थ पुरा नभएपछि शिक्षक नियुक्तिको बिरोध, लगाइएका आरोपमा सत्यता छैनः नगरप्रमुख पाठक

 इसीमाना सम्वाददाता     २०८१ चैत २२ गते १३: १८ मा प्रकाशित     541   पटक पढिएको

पर्सागढी । पर्सागढी नगरपालिले पत्रकार सम्मेलनको आयोजना गरेर शिक्षक नियुक्तिको बिाष्यमा उठेको प्रश्नहरुको जवाफ दिएको छ ।

 वडा नम्बर–३ स्थित जनता माध्यमिक विद्यालयमा तीन जना शिक्षकको नियुक्ति गर्दा नगरप्रमुख प्रसासकीय अधिकृत, शिक्षा शाखामाथि बिभिन्न आरोप लगाइउको थियो । ति आरोपमा सत्यता नभएको नगरप्रमुख गोकर्ण पाठकले बताएका छन । 


बरु वडा नं ३ का वडाध्यक्ष सुकमान तमाङले आफनो स्वार्थ अनुसारको बिज्ञापन नभएकोले बिरोध गरेको बताइएको छ । 


शिक्षक नियुक्तिको प्रक्रियामा नगरपालिकाको भूमिका नरहेको प्रष्ट पार्दै नगरप्रमुख पाठकले  शिक्षक नियुक्तिको सम्पूर्ण प्रक्रियामा बिद्यालय ब्यवस्थापन समिति निर्णाैयक हुने बताए । उनले नियुक्ति प्रक्रिया पूरा गरि शिक्षक छनोट समितिबाट सिफारिस भए बमोजिम विद्यालयले पालिकालाई जानकारी गराउने हुनाले पालिकाको कुनै हात नरहेको स्पष्ट पारे ।


वडाध्यक्ष सुकमान तमाङले बिज्ञापन रद्ध गर्न माँग गर्दै नगरपालिकामा निवेदन दिएको तर उनको माँगको सुनवाई नभएपछि अनेकौ आरोप लगाउन थालेको बताइएको छ ।

वडा अध्यक्ष तमाङ्गले समाजिक विषयको बिज्ञापन रद्द गरि लेखा विषयको बिज्ञापन समेत गर्न दबाव दिएको र उनी अनुकुल नभएपछि बिरोध गरेको नगरप्रमुख पाठकले बताए ।

 

 जनता माविका प्रधानाध्यापक मोहन प्रसाद चौधरीले सम्मेलनमा वडा अध्यक्ष सुकमान तमाङ्गले समाजिक विषयलाई रद्द गरि लेखा बिषयको बिज्ञापन गरि विद्यालयमा करार सेवामा कार्यरत शिक्षिका सोनम चौधरीलाई नियुक्ति गर्न बारम्बार दबाव दिएको तर उनको माँग पुरा नभएपछि बिरोधको नाटक मंचान गरेको बताए ।

वडा अध्यक्ष तामाङले भने जस्तो नभएपछि बिरोधमा ओर्लिएर हाजिरी रजिस्ट्रर लगायत आवश्यक कागजपत्रहरु खोसेर लगेकोमा बुधबार मात्र विद्यालयमा ल्याएर बुझाएको पत्रकार सम्मेलनमा नगर प्रमुख पाठकले बताए ।

शिक्षा शाखा प्रमुख कपिल लामिछानेले नियम सम्बद्ध तरिकाबाट शिक्षक नियुक्ति गर्न निर्देशन दिएको र शिक्षक नियुक्ति छनोट समितिका संयोजक शिक्षा समन्वय ईकाई पर्साका अधिकृत श्याम किसोर गुप्ताको नेतृत्वमा वीरगंजको पानालाल माध्यमिक विद्यालयमा सहभागीहरुको परिक्षा लिई सामाजिक विषयमा प्रबिन्दा पन्जियार, नेपालीमा माधवराज घिमिरे, गणितमा सन्दिप चौहान नियुक्त भएको बताए ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकास खनाल वडा अध्यक्षहरु कार्यपालिका सद्स्य वडा सद्स्य लगायतको सहभागी रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.