logo

कोरोनाबाट मृत्यु भए परिवारको सदस्यलाई रोजगार, जवाफदेही छिपहरमाई सरकार

      5/7/2021 गते 00 00 मा प्रकाशित     1005   पटक पढिएको

छिपहरमाई गाउँ पालिकाका अध्यक्ष मनोज गुप्ताले गाउँपालिकाका नागरिकलाई रोग लुकाएर घरमै नबस्न आग्रह गर्नु भएको छ ।

 

गाउँपालिकाको तर्फबाट एक सूचना जारी गर्दै अध्यक्ष गुप्ताले गाउँपालिकाले आस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको बताउदै  सबै परिक्षण निशुल्क परिक्षण गरिने समेत उल्लेख गर्नु भएको  छ । 


निषेधाज्ञाका कारण नियमित औषधी सेवन गरिरहेका अन्य रोगका बिरामीहरुले पनि औषधी आपूर्तीमा समस्या भए औषधीको नाम टिपाउन आग्ह गर्नु भएको छ ।

 

बिरामीले टिपाएको औषधी गाउँपालिकाको तर्फबाट खरिद गरि उपलब्ध गराईदिनेगरि सेवा दिने ब्यवस्था गरिएको उहााले बताउनु भयो । अन्य रोगका बिरामीकालागि ल्याइने औषधीको रकम भने सम्बन्धीत ब्यक्तिले  ब्यहोर्नु पर्ने छ । अप्ठयारो समयमा ब्यवस्थापनमा गाउँपालिकाले सहजीकरण गर्ने गरि तयारी गरेको अध्यक्ष गुप्ताले बताउनु भयो । 


अध्यक्ष गुप्ताले अक्सीजन सिलिण्डर सहितको कोभिड अस्पताल संचालनमा गाउँपालिका जुटेको बताउनु भयो । एउटा सिलिण्डर छ अरुको पनि ब्यवस्थापन गर्ने कोशीस जारी रहेको उहाँले बताउनु भयो । 

 

कोरोना संक्रमितलाई गाउँपालिका भित्रै १५ बेडको आइसोलेसन समेत तयार गरिएको अध्यक्ष गुप्ताले बताउनु भयो । गापामा भएका बर्थिङ सेन्टरलाई आइसोलेसनको रुपमा परिवर्तन गरेर तत्काल गाउँपालिका बासीलाई सुबिधा प्रदान गरिएको गुप्ताले बताउनु भयो । 


 गापा भरी कोरोना संक्रमित देखिएमा गाउँपालिकाले निशुल्क उपचार गर्ने र संक्रमितको मृत्यु भएमा मृतक परिवारको एक जनालाई गापामै रोजगारको ब्यवस्था गर्ने घोषणा प्रमुख गुप्ताले घोषणा गर्नु भएको छ । गुप्ताको यो घोषणा संग उहाँको चर्चा चुलिएको छ । नागरिक प्रतिको दायित्व निर्वाहमा गुप्ताले गरेका निर्णय र घोषणाले स्थानीय सरकारले चाहदा धेरै गर्न सक्ने आधार रहेको पुष्टि गरेको छ । 

 

उहाँले गाउँपालिका भित्र कोई कसैलाई ज्वरो, रुघखोकी,जिउ दुख्ने तथा कोरोना भाइरस संक्रमण सम्बन्धि लक्षण देखिएमा तुरुन्त अस्थाई कोभिड अस्पतालमा गई चेकजाँच गराउन गाउँपालिका मार्फत अपिल गरिएको बताउनु भयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.