logo

एसपी बस्नेतको कमाण्डमा तस्करी नियन्त्रण,पचास दिनमा ८५ लाखको सामान बरामद

 इसीमाना सम्वाददाता     २०८१ चैत २५ गते १३: ३१ मा प्रकाशित     934   पटक पढिएको

वीरगंज। सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वार्टर रौतहटका  एसपी सन्तोष कुमार बस्नेतले कमाण्ड सम्हालेको ५० दिनको अवधिमा ८५ लाख भन्दा बढीको अबैध सामान बरामद भएको छ।

 

गत फागुन महिना देखी चैतको २२ गतेसम्म रौतहट तथा मातहतका यूनिटहरुबाट खटिएको गस्ती टोलीले तस्करीको माध्यमले भन्सार छली भित्र्याइएको ८५ लाख बराबरको सामान बरामद गरेको हो ।


बरामद सामाग्रीमा भारतीय कपड़ा, किराना, हार्डवेयर लगायतका सामान रहेका छन। 

 

सशस्त्र प्रहरीको गस्ती टोलीले बिभिन्न नाकाबाट अबैध रुपमा भित्रिएको ४५ लाख,८ हजार ८ सय ७५ बराबरको कपडा, किराना हार्डबेयर, लगायतका सामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीका एसपी बस्नेतले बताएका छन्।


त्यस्तै तस्करीको सामान ल्याउन प्रयोग गरिएको २४ थान मोटरसाईकल, ३ थान साईकल र ३ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको उनले जानकारी दिएका छन्।

 

सोही अवधिमा स्रोत नखुलेको नेपाली ८ लाख ५९ हजार र भारतीय रुपैया ३ लाख ७७ हजार ९ सय रुपैया बरामद गरिएको बस्नेतले जानकारी दिए।

 
सशस्त्र प्रहरी बल रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले पछी भारतीय सिमानासँग जोडिएको संवेदनशील क्षेत्रहरूका साथै अधिकांस भूभागमा, जिल्लाको १८ मध्ये अधिकांश स्थानीयतहको स्थलगत निरीक्षण गरिएको एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.