logo

बीरगंज महानगरले संचालनमा ल्यायो अस्थायी कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर

      5/7/2021 गते 00 00 मा प्रकाशित     860   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र एक सय शय्याको आइसोलेसन सेन्टर बैशाख २४ गतेदेखी सञ्चालनमा ल्याएको छ ।


वीरगन्ज महानगरपालिका  १० घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा  बनाइएको आइसोलेसन सेन्टर र कोभिड अस्पताल मेयर विजयकुमार सरावगीले उद्घाटन गर्नु भयो।

 

केही दिन अगाडि मात्र संक्रमित भइ होम आइसोलेसनमा रहनुभएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की अस्थायी कोभिड अस्पतालमा पहिलो बिरामीको रुपमा भर्ना हुनु भएको छ। अस्पतालमा बिरामी भरिएकाले महानगरपालिकाले  शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको मेयर विजयकुमार सरावगीले बताउनु भयो । 

 

अस्थायी अस्पतालमा चिकित्सकसहित प्यारामेडिकल स्टाफ समेत रोखर संक्रमितको उपचार गरिने छ । कोभिड अस्पतालमा संक्रमितको उपचारका लागि एकजना विशेषज्ञ चिकित्सक, एमडी गरेका दुई जना चिकित्सक, मेडिकल अधिकृत ५ जना, २१ जना प्यारामेडिकल स्टाफ, ८ जना सरसफाइकर्मी र १० जना प्रशासनिक कर्मचारी खटाइएको छ ।

 

कोभिड अस्थायी अस्पतालमा अक्सिजन सहितको वेडको व्यवस्था गरिएको छ । होम आइसोलेशनमा बसेर अक्सिजन प्रयोग गरेका बिरामीहरुकोलागि पनि चिकित्सकको निगरानीमा उपचारको आवश्यकता रहेकोले उनीहरुलाई समेत अस्थायी कोभिड अस्पतालमा उपचार दिने गरि ब्यवस्थापन गरिएको महानगरप्रमुख सरावगीले बताउनु भयो । 

कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खाना समेत महानगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.