logo

आइसोलेशन सेन्टर सञ्चालनका लागि मेयरले दिए निशुल्क होटल

उपचार खर्च नगरपालिकाले वेहोर्ने

      5/10/2021 गते 00 00 मा प्रकाशित     916   पटक पढिएको


वीरगन्ज- पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहले वीरगन्जमा रहेको आफ्नो नवनिर्मित होटल आइसोलेशन सञ्चालनका लागि निशुल्क रुपमा दिने घोषणा गरेका छन् । होटल भित्रै कोरोना संक्रमितको उपचार चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले गर्ने छन् । उपचार खर्च नगरपालिकाले वेहोर्ने छ ।

आफ्नो नगरपालिकालाई मात्र नभई अन्य पालिका जसलाई आइसोलेशनका लागि ठा“उ चाहिएको छ, त्यसलाई पनि निशुल्क होटलमा ठा“उ दिने मेयर साहले बताए ।

वीरगन्ज महानगरपालिका– १२ तेजारथटोल स्थित करिब एक विगाहा क्ष्ँेत्रफल रहेको होटल साह दरबार प्रालिलाई निशुल्क आइसोलेशन सेन्टरको रुपमा प्रयोग गरिने मेयर साहले जनाए ।

गाउ“को स्वास्थ्य चौकी वा विद्यालयमा सुविधा सम्पन्न आइसोलेशन सेन्टर बनाउन सम्भव नभएकाले आफ्नै होटल प्रयोगका लागि दिएको उनले बताए ।

‘अहिले कडा खालको कोरोना भेरियन्ट आएकाले गत वर्षझै“ काम चलाउ आइसोलेशन सेन्टर बनाएर काम चल्दैन्,’ उनले भने, ‘चिकित्सकीय सेवा सहितको सुविधासम्पन्न आइसोलेशन वार्ड चाहिको छ ।’ ठा“उ नपाएका तर आइसोलेशन सेन्टर सञ्चालन गर्न चाहने अन्य पालिकालाई निशुल्क ठा“उ उपलब्ध गराउने उनले जनाए ।

‘आफ्नो पालिकाका लागि तत्काल २५ शय्याको आइसोलेशन सेन्टर सुरु गर्दैछा“ै,’ उनले भने, ‘अन्य पालिकाले चाहेको अवस्थामा निशुल्क रुपमा ठा“उ प्रयोग गर्न दिइने छ ।’ संक्रमित संख्या बढ्दै गएमा शय्या पनि थपिने उनले जनाए । शनिबार बहुदरमाई नगरपालिकाको बोर्ड बैठकले कोरोना संक्रमित नगरवासीका लागि वीरगन्जमा आइसोलेशन राख्ने निर्णय गरेको थियो । 

‘बुहदरमाईको कुनै पनि स्वास्थ्य चौकी वा विद्यालयमा सुविधासम्पन्न २०÷२५ शय्याको आइसोलेशन सेन्टर बनाउने अवस्था छैन्, गाउ“का स्वास्थ्य चौकीमा एमबीबीएस चिकित्सक छैनन्,’ मेयर साहले भने, ‘सिकिस्त कोरोना संक्रमितलाई छिटो भन्दा छिटो अस्पताल लैजान सकियोस् भन्ने उद्देश्यले वीरगन्जमै आइसोलेशन सेन्टर बनाउने निर्णय गरिएको हो ।’ अन्य ठा“उमा शुल्क दिएर आइसोलेशन बनाउन भन्दा आफ्नै होटेल निशुल्क रुपमा दिएको हु“ ।

होटल भित्र ३ वटा ठूल्ठूला सुविधा सम्पन्न हल छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विदुर उप्रेतीले आइसोलेशन वार्डका लागि चाहिले उपकरण खरिद प्रक्रिया अगाडि बढाई सकिएको बताए ।

‘नगरपालिका प्रमुखले आइसोलेशन सञ्चालनका लागि निशुल्क होटल दिएपछि त्यसमा उपकरण राख्ने काम भइरहेको छ,’ उनले भने, ‘दुई/तीन दिनमै सुविधासम्पन्न आइसोलेशन वार्ड सञ्चालनमा आउ“छ ।’  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.