logo

पत्रकारहरुको उपचार राहतका निम्ति पत्रकार महासंघ पर्साद्वारा कोष निर्माण सहसचिव साहले दिए ५१ हजार

      5/16/2021 गते 00 00 मा प्रकाशित     1008   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारहरुको उपचार तथा राहतकालागि कोष निर्माण गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले कोष निर्माण गर्ने निर्णय गरेको कोषाध्यक्ष संजीव मिश्रले जानकारी दिनु भयो । 

 


कोरोना भाइरसको नयाँ भेरियन्ट सतिहको दोश्रो लहरमा पार्सामा ९ जना संचारकर्मी संक्रमीत हुन पुगका छन । संक्रमीत पत्रकारहरुसंग नेपाल पत्रकार महसंघ पर्सा शाखाले आवश्यक सन्वय र सहकार्य गरेको  अध्यक्ष तिवारीले बताउनु भयो ।

 

उहाँले पत्रकारहरु पेशागत र भौतीक रुपमै समस्यामा पर्दै गएकोले उपचार तथा राहतकालागि कोष निर्माण गर्न लागिएको जानकारी दिनु भयो । उहाँले फ्रन्टलाइनमा रहेर नागरिकलाई सहि सूचना दिने काममा क्रियाशिल पत्रकारहरुलाई राज्यले अन्य फ्रन्टलाइनरलाई जस्तो ब्यवहार नगरेको भन्दै पत्रकारहरुकोलागि निर्माण गरिएको कोषमा सहयोग उपलब्ध गराउन आग्रह गर्नु भएको छ । 

 


बैठकले पत्रकारको उपचारको बिषयमा आवश्यक प्रवन्ध मिलाउनकालागि महासंघले गठन गरेको कोभिड एक्शन टिमलाई पहल गर्न जिम्मेवारी दिएको छ ।

 

कोषाध्यक्ष संजीव मिश्रको संयोजकत्वमा गठन भएको टिमलाई पत्रकारहरुको अवस्था बुझ्न समेत जिम्मेवारी दिएको छ । पत्रकारहरुकोलागि आवश्यक राहतको ब्यवस्थापनमा पनि महासंघले ध्यान दिने उपाध्यक्ष सुष्मा शर्माले बताउनु भयो । यसैवीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले निर्माण गरेको पत्रकार उपचार तथा राहत कोषमा नेपाल पत्रकार महासंघ पर्साका सह सचिव जितेन्द्र साहले ५१ हजार रुपैया उपलब्ध गराउनु भएको छ ।

 

 

बैठकमा उहाँले ५१ हजार बराबरको चेक महासंघ पर्साका अध्यक्ष अनुप  तिवारीलाई हस्तान्तरण गर्नु भएको हो । आफना स्व.पिता शिवजी प्रसाद कलवारको स्मृतिमा रकम हस्तान्तरण गर्नु भएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.