बाँयाबाट,आरोपीत मनिष पासवान र बिशाल यादव
वीरगञ्ज । बलात्कारको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादव पक्राउ परेका छन ।
यादवलाई किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ गरेको हो । ाप्रहरीले बलात्कारको अभियोगमा सोमवार भारतीय नागरिक मनिष पासवानलाई पनि पक्रेको छ ।
अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए ।
पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया