logo

१९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक कुन मन्त्रालयलाई कती ?

 इसीमाना सम्बाददाता     २०८२ जेठ १५ गते ०७: ५४ मा प्रकाशित     189   पटक पढिएको

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।


कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ (६०.१ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) रहेको बजेट वक्तव्यमा उल्लेख छ।

 

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्‌ ।


मन्त्रालयगत हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष यो मन्त्रालयले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

 

शिक्षापछि गृह मन्त्रालयले २ अर्ब ८ अर्ब रुपैयाँ विनियोजन अनुमान प्राप्त गरेको छ । तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ ।

 

खर्बभन्दा बढी बजेट पाउनेमा शहरी विकास मन्त्रालय पनि अटाएको छ । यो मन्त्रालयका लागि अर्थमन्त्री पौडेलले एक खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिदिएका हुन्‌ ।

बजेटको सबैभन्दा ठूलो हिस्सा भने अर्थ मन्त्रालयले आधा दर्जन शीर्षकमा आफैँसँग राखेको छ ।

May be an image of text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

एमालेले मधेशका ६० हजार कार्यकर्तालाई बिचारले सुसज्जीत बनाउन पार्टी स्कूल चालाउने

बर्दिवास । नेकपा एमालेले मधेश प्रदेशले बैचारिक प्रशिक्षणलाई बिशेष अभियानको रुपमा संचालन गर्ने भएको छ । पार्टी स्कूल बिभागले मधेशको बर्दिवासमा आयोजना गरेको स्कूल संचालन सम्बन्धी कार्याशालाले प्रशिक्षण अभियान संचालन गर्ने भएको हो ।

नेपालगंजमा पाँच लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

नेपालगञ्ज ।  बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित एक नेपाली र अर्को भारतीय गरि दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.