logo

सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको निर्माणमा ढिलाई गरे ठेक्का रद्द गरिने प्रधानमन्त्री ओलीको चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ जेठ १८ गते ०९: ४७ मा प्रकाशित     494   पटक पढिएको

जनकपुरधाम। सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको निर्माणमा ढिलाई गरे ठेक्का रद्द गरिने प्रधानमनत्री केपी शर्मा ओलीले दिएका छन् ।

 

 जनकपुरधामको निधि भवनबाट ३ सय २० किलोमिटर कालोपत्रे सडकको डिजिटल शिलान्यासका क्रममा प्रमं ओलीले यस्तो भनाई ब्यक्त गरेका हुन ।

तराईको १ लाख २२ हजार हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने भनेर सुरु गरिएको आयोजनाको निर्माण कार्य निकै ढिला भएको प्रति टिप्पणी गर्दै प्रमं आलीले यस्तो चेतावनी दिएका हुन ।

मधेशका जनताले लामो समय सिंचाईको प्रतीक्षामा जमीन बाँझो राख्न नसक्ने भन्दै उनले निर्माण कम्पनीलाई समयमै काम सक्न चेतावनी दिएका हुन् ।


निर्धारित समयभन्दा छिटो सुरुङ निर्माण भइसकेको भए पनि उक्त परियोजनाको बाँध, विद्युत् गृह, इलेक्ट्रोमेकानिक्स र प्रशारण लाइन तथा तटबन्धजस्ता कामले भने गति लिन सकेको छैन । यही कारण प्रधानमन्त्रीले निर्धारित समयमै आयोजनासक्न भनेका हुन् ।

राष्ट्रिय गौरवको उक्त आयोजना आर्थिक वर्ष २०८१ असारभित्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ २०७७ सालमा निर्माण थालिएको थियो । तर  सरकारले आयोजनाको अवधि बढाउँदै लगेर २०८६ असार भित्र सक्ने भनेको छ ।


यसअघि संशोधित लागत अनुमान ४६ अर्ब १९ करोड भनिएको थियो । त्यसमा पुनः बढाएर ४९ अर्ब ४२ करोड ३१ लाख पुर्याइएको छ ।

SunkoshiMarin.jpg

यसरी आयोजनाको समय पर सार्दै जाँदा एकातिर लागत बढ्दै जाने, अर्कातिर लाभान्वीत समुदायले मुख मिठ्याएर मात्रै बस्नुपर्ने भन्दै यस प्रकारको ढिलासुस्तीलाई ‘भ्रष्टाचारभन्दा पनि खतरनाक’ भनेका छन् ।

सिन्धुलीको खुर्कोट नजिकै बाँध बाँधेर १३.३० किलोमिटर सुरुङ मार्फत् हरेक सेकेण्डमा ६७ हजार लिटर पानी मरीण नदीमा खसाल्ने गरी यो परियोजना तयार पारिएको हो ।

May be an image of 7 people, dais and text

त्यो पानीले मरीणको तीरमा निर्माण हुने ३१.०७ मेगावाट जडित क्षमताको विद्युत् गृह सञ्चालन गर्ने र त्यही पानी मरीणहुँदै बागमती नदीमाा पुर्याउने योजना छ । त्यसपछि हालको बागमती सिंचाई परियोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लमा १ लाख २२ हजार हेक्टरमा बाह्रैमहिना सिंचाई सुविधा उपलब्ध गराउने योजना छ ।

बागमती सिंचाई आयोजनाले अहिले पनि ४५ हजार ६ सय हेक्टरमा सिंचाई गरिरहेको छ । सुनकोशीको पानी खसालिसकेपछि १ लाख १६ हजार ४ सय हेक्टरमा थप सिंचाई हुने अपेक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा यो परियोजनाको निर्माण थालिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.