logo

कम स्रोत र साधनमै पनि नेपाली सेनाले उत्कृष्ट कार्य गरेको छः मुख्यमन्त्री सिंह

 इसीमाना सम्वाददाता     २०८२ जेठ १९ गते ०२: ४१ मा प्रकाशित     652   पटक पढिएको

जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कम स्रोत र साधनमै पनि नेपाली सेनाले विपद् व्यवस्थापनदेखि शान्ति सुरक्षासम्मका क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको बताएका छन्।

 

सोमबार नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, बर्दिवासद्वारा रौतहटको चन्द्रपुर नगरपालिका–१० नुनथरस्थित बागमती नदी किनारमा आयोजित ‘हातेमालो’ अभ्यासको सातौं संस्करणलाई सम्बोधन गर्दै उनले सेनाको योगदानको प्रशंसा गरेका हुन्।

 

‘सीमित स्रोतसाधनबीच पनि नेपाली सेनाले देखाएको तत्परताले हाम्रो विश्वास बढाएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘शान्ति सुरक्षामा सेनाको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नेछ।’

 

उनले प्रदेश सरकार सधैं सेनासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनजस्ता क्षेत्रमा संघीय सरकारसँग पनि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। ‘राष्ट्रिय सुरक्षामा सेनाको योगदान उच्च छ,’ उनले भने, ‘हामी संघीय सरकारसँग पनि समन्वय गरी सेना र सुरक्षानिकायलाई अझ सशक्त बनाउनेछौं।’

 

कार्यक्रममा नेपाली सेनाले विपद् प्रतिकार्यका क्रममा उद्धार, राहत र समन्वयको अभ्यास प्रदर्शन गरेको थियो।

 

मधेश सरकारका भूमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्री , गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी,वन तथा वातावरण मन्त्री संजय कुमार यादव,प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन प्रसाद साह र आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा सहित पत्रकारहरुको सहभागिता रहेको थियो । 

 

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.