राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाउनु भएको हो ।
राष्ट्रपति कार्यालयले विहीवार राति विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते सांझm ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।
नेपालको सम्बिधानको धारा ७६ को उपधारा ५ बमोजीम प्रधानमंत्री नियुक्ति प्रयोजनकालागि बिश्वासको मात पाउन सक्ने आधार प्रस्तुत गर्न प्रनिधिसभाका सदस्यलाई आव्हान गर्नु भएको छ ।
तपाईको प्रतिक्रिया