पर्सा जिल्लामा पाँचौ पटन ािषेधाज्ञा पटक थपिएको छ । बैशाख १६ गतेदेखि जिल्लामा जारी निषेधाज्ञालाई आज पाँचौं पटकको लागि थपिएको हो ।
अव जेठ २० गते राती १२ बजे सम्म पर्सा जिल्लामा निषेधाज्ञा कायम रहने भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनु भयो ।
बुधबार बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी( को बैठकले निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्मको लागि लम्ब्याउनकालागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।
विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड(१९ सङ्क्रमणको नियन्त्रण र रोकथामका निषेधाज्ञा प्रभावकारी देखिएको हुनाले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रजिअ घिमिरेले बताउनु भयो ।
निषेधाज्ञाको आदेशलाई पालना नगर्नेलाई प्रचलित कानून बमोजिम कारवाही गरिने जनाइएको छ । स्
तपाईको प्रतिक्रिया