logo

साढे एघार लाख रुपैयाको भंसार छलीको समान आवश्यक कारवाहीकोलागि भंसार चलान

 इसीमाना सम्बाददाता     २०८२ असार १५ गते ०९: ४८ मा प्रकाशित     602   पटक पढिएको

वीरगञ्ज । सशस्त्र प्रहरी बल, पर्साले विभिन्न स्थानबाट करिब ११ लाख ६६ हजार ६९० रुपैयाँ बराबरको भंसार राजस्व छलीको समान आवश्यक कारवाहीकोलागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।

 

समान सहित नियन्त्रणमा लिइएका  ई–लोडर र मोटरसाइकल पनि कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए।


असार १४ गते वीरगन्ज महानगरपालिका–१६, इनर्वास्थित सीमा नाकाबाट बोरामा प्याक गरी भारततर्फ निकासी गरिँदै गरेको ५ लाख ८ हजार रुपैयाँ बराबरको तामाको माने बरामद गरेको थियो। 


रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको एक मोटरसाइकलको विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको ४ लाख ६७ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ।

 

 मोबाइल पार्ट्ससहित प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिई असार १५ गते नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

यस्तै, असार १५ गते सशस्त्र प्रहरी बल, नेपाल, प्रथम सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका ४, झौवा चोकबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १ लाख ९१ हजार ६९० रुपैयाँ बराबरको किराना सामानसहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त सामान पनि आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.