logo

ठोरीका कर्मचारीको पक्षमा पालिका अध्यक्ष श्रेष्ठ,सामाजिक संजालमा राखिएका आधारहिन पोष्ट बारे कानूनी बाटो अपनाइने

 इसीमाना सम्वाददाता     २०८२ असार २७ गते ०६: २० मा प्रकाशित     352   पटक पढिएको

ठोरी ।ठोरी गाउँपालिकाका कर्मचारीको चरित्र हत्या गर्ने मनसायले  सामाजिक संजालमा पोष्ट गरिएका भ्रामक तथा आधारहीन  बिषय प्रति ठोरी गाउँपालिकाले आफ्नो असहमती सार्वजनीक गरेको छ । 

 


 गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै संजालमा पोष्ट गरिएका निराधार आरोपहरूको खण्डन गर्नुका साथै प्रमाणविना चरित्रहत्या गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।


अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गरिएका आरोपहरूको कुनै प्रमाण पेस नगरिएको बताएका छन्।

 

उनले आधारहीन, तथ्यहीन र प्रमाणबिहीन रूपमा नियोजित पोष्ट राखेर सर्वसाधारणमा भ्रम फैलाउने मिडिया तथा फेसबुक पेजका सञ्चालकहरूलाई यदि उनीहरूले पोष्ट गरेका आरोपको कुनै प्रमाण वा आधार भएमा प्रमाणसहित गाउँपालिकामा जानकारी गराउन अनुरोध गरेका छन्। उनले प्रमाण पुगेमा कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

 

साथै, प्रमाणविना व्यक्तिगत चरित्रहत्या गर्ने मिडिया तथा सामाजिक सञ्जाल सञ्चालकहरूमाथि यथाशीघ्र नेपाल सरकारको विद्युतीय अपराधअन्तर्गत कानुनी बाटो अपनाइने जानकारी गराइएको छ।

 

अध्यक्ष श्रेष्ठले यस्ता भ्रामक समाचारका कारण आफ्नो मनोबल नगिराई दृढ रूपमा आफ्नो कार्यमा दत्तचित्त भई अघि बढ्न सबै कर्मचारीहरूलाई निर्देशन दिएका छन्। गाउँपालिकाले छिट्टै प्रक्रिया अघि बढाएर कानुनी बाटोमा जानेसमेत जानकारी गराउँदै तथ्यहीन समाचारका पछि नलाग्न सबैमा अपील गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

साक्षी रामको सुरक्षामा ध्यान पुर्‍याउन सरकारसंग इन्सेकको माग

वीरगंज ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।

जकपुरका मेयर साहका काकाको हत्या आरोपी महासेठ पक्राउ

जनकपुरधाम । प्रहरीले जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.