logo

नेकपा एमाले मधेशको बैठक बर्दीबासमा जारी, मन्त्रीहरुलाई फिर्ता बोलाउने बिषयमा एकमत, जयसवाल निशानामा

 इसीमाना सम्वाददाता     २०८२ असार २८ गते ०५: २५ मा प्रकाशित     1678   पटक पढिएको

वीरगंज । नेकपा एमालेको मधेश प्रदेशको बैठकमा मधेश प्रदेश सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउनु पर्ने माँग जोडदार रुपमा उठेको छ । 

 


बर्दीबासमा जारी बैठकमा बिचार राख्ने अधिकांश नेताहरुले मन्त्रीहरुको कार्यशैलीमाथि गम्भिर प्रश्न उठाउदै छानविन समेत गर्नु पर्ने माँग राखेको एक पदाधिकारीले जनाएका छन । 

 


प्रदेश सरकारमा खेलकुद मन्त्रालयको जिम्मेवारीमा रहेका प्रमोद जयसवा लगायतलाई  तत्काल फिर्ता बोलाउनु पर्ने बिचार बैठकमा ब्यक्त हुदा बैठकले करतल ध्वानीका साथ उक्त बिचारलाई सर्मथन गरेको थियो ।

 

बैठकमा एमालेका मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले मन्त्री जयसवाललाई फिर्ता बलाउन प्रस्ताव पेश गरेका थिए ।

 

यादवको प्रस्ताव उपर छलफल गर्दै बैठकले मन्त्रीलाई  फिर्ता बलोउने प्रस्तावमा बैठकमा सहभागि सबैले सर्मथन जनाएका  उपाध्यक्ष यादवले जानकारी दिए ।

 

मन्त्री जयसवालले कमिशन लिएर योजनाहरु बिक्रि गरेको, बिचौलिया मार्फत खुल्लम खुल्ला योजना दिए बापत ३ देखि ५ प्रतिशत कमिशन माँग्ने गरेको र कमिशनकै कारण ५ करोड रकम प्रिज भएको र आफना नातेदारलाई योजनाहरु दिएको आरोप लागे पछि उनलाई फिर्ता बोलाउने प्रस्ताव  गरिएको यादवले बताए ।

 

May be an image of one or more people

गृह तथा संचारमन्त्री राजकुमार लेखी, स्वास्थ्य मन्त्री शत्रुघ्न सिंह लगायतका गतिविधिबाट पार्टीका प्रदेश भरीका नेताहरु नाखुश रहेको बैठकमा ब्यक्त भावनाले दर्शाएको ति पदाधिकारीले जनाए ।

 

 

उनका अनुसार पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने र छानविन समेत गर्नेगरि अगाडि बढ्ने सक्ने बताए । उनले कमिटीका सदस्यहरु कोही पनि प्रदेश सरकारमा सहभागि मन्त्रीहरुको कामबाट नेकपा एमाले स्थापित भएको निष्कर्षमा पुगेका छैन ।

 

सरकारमा भएका मन्त्रीहरुको मनलाग्दी कार्यशैलीका कारण पार्टी जनताकोवीचमा आलोचित भएको र मन्त्रीहरु अझै रहे झनै पार्टी जनताभन्दा टाढा हुने बिचार नेताहरुले राखेका थिए । 


बैठकमा हरेक जिल्लाको जनसंगठका अवस्थाको बारेमा रिपोर्टिङ भएको ति पदाधिकारीले बताए । प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा पार्टीका मधेश प्रदेश ईन्चार्ज तथा सांसद लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । बैठकमा सांसद ज्वाला साह, जुलि महतो,प्रभु हजरा,आठ वटै जिल्लाका ईन्चार्ज लागयत कमिटीका सदस्यहरुको उपस्थिति थियो ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.