logo

कोरोना भाइरसको संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा प्रभावकारी,जेठ ३० गते राती १२ बजे सम्मकालागि अवधी थपियो 

      6/2/2021 गते 00 00 मा प्रकाशित     616   पटक पढिएको

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा लगाइएको निषेधाज्ञालाई जेठ ३० गतेसम्म निरन्तरता दिइने भएको छ ।  

 

जिल्ला कोभिड व्यवस्थापन समितिकोे बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरे अनुरुप पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निषेधाज्ञा थपको आदेश गर्नु भएको हो । बव जेठ ३० गते बेलुका १२ बजे सम्म निषेधाज्ञा कायम रहने छ । 

कोरोना संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा उपयोगी देखिएकोले जेठ ३० गते राति १२ बजेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो ।


कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ । एक महिनाभन्दा बढी समय निरन्तर निषेधाज्ञा जारी राख्दा व्यापार व्यवसाय चौपट भएको भन्दै कतिपयले खुकुलो गर्न माग गर्दै आएका छन् भने पछिल्ला दिनमा निषेधाज्ञाको अवज्ञा गर्ने क्रम पनि बढेको छ ।

बैठकले कोभिड–१९ महामारीको समयमा जेठ १९ गतेसम्म शव व्यवस्थापनका लागि खर्च गरिएको ३ लाख ७१ हजार ६१५ रुपैयाँ, क्वारेन्टिन र होल्डिङ सेन्टर व्यवस्थापनमा खर्च गरिएको ७६ हजार १ सय रुपैयाँ र अनुगमन र कन्ट्याक्ट ट्रेसिङ लगायत कार्यमा सवारी साधनको इन्धनका लागि २ लाख ८ हजार ८६० रुपैयाँ गरी जम्मा ६ लाख ५६ हजार ५७५ रुपैयाँ खर्च समर्थन गर्ने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.