logo

ठोरीका खड्काकोे सगरमाथा आरोहण सफल, बीरगंज र ठोरीको नाम सर्वोच्च शिखर सगरमाथामा

      6/3/2021 गते 00 00 मा प्रकाशित     1702   पटक पढिएको

पर्साको ठोरी गापा   ५ , सुवर्णपुरका हरेराम खड्काले सगरमाथा आरोहण गर्नुभएको छ।  खड्काले गत मङ्गलबार बिहान १० बजे सगरमाथा आरोहण गर्न सफल हुनुभएको हो।

सन् २००५ देखि ट्रेकिङ गाइडका रुपमा काम गर्दै आइरहनुभएका खड्काले भारतीय र नेपालीहरुको करीब ३० जनाको समुहसंगै गत जुन १ तारिखका दिन विश्वकै सर्वोच्च शिखर आरोहण गर्न सफल हुनुभएको टेलिफोन मार्फत जानकारी दिनुभएको छ।

 

सगरमाथा आरोहण गर्न सफल ठोरीका खड्काले बीरगंज महानगरपालिका र ठोरी गाउँपालिकाको नाम अङ्कित ब्यानर चुचुरोमा फहराउनुभएको खड्काले बताउनुभयो।

 

यस बर्ष प्रतिकुल मौसमका कारण धेरै विदेशी पर्यटक चुचुरो नपुगेर आधार शिबिरबाट फर्किएको खड्काले जानकारी दिनुभयो । यद्यपि २ दिन मौसम अनुकुल बन्दा आफुहरु चुचुरोमा पुग्न सफल भएको उहाँले बताउनुभयो।

सगरमाथा आरोहण पश्चात् चुचुरोबाट नजिकै रहेको अन्तिम आधार शिबिर आइपुग्नुभएका खड्काले सगरमाथा आरोहण गरेको जानकारी बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सराबगी र ठोरी गापाका अध्यक्ष पदमलाल श्रेष्ठलाई फोन मार्फत गराउनुभएको थियो।

 

यस अघि दुबै पालिकाले खड्कालाई सगरमाथा आरोहण गर्नका लागि आर्थिक सहयोग गरेका थिए। खडकालाई बीरगंज महानगरले रु २ लाख ५० हजार र ठोरीले रु २ लाख सहयोग गरेको थियो। गत चैत २९ गतेदेखि सगरमाथा आरोहणको यात्रा आरम्भ गरेका खड्काले ५० दिनभन्दा भन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पाईला राख्न सफल हुनुभएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.