logo

बालवालिकाको खाजा समेत छाडदैनन भ्रष्टलेः बीरगन्ज महानगरका कर्मचारीलाई ६०/ ४० गरि भाग शान्ति झ्वाम

      6/6/2021 गते 00 00 मा प्रकाशित     1699   पटक पढिएको

विद्यालयमा विद्यार्थीहरु टिकाउनकालागि सरकारले सबै सरकारी विद्यालयमा दिवा खाजाको सुविधा दिएको छ ।
सरकारी विद्यालयमा कम भर्ना हुने र बीचैबाट विद्यालय छाडेर जाने प्रवृति बढ्दै गएपछि विद्यार्थी टिकाइ राख्नका लागि सरकारले दिवा खाजा कार्यक्रम संचालन गरेको हो । सरकारले यो सुविधा प्राथमिक तहसम्मका विद्यार्थीहरुलाई दिएको छ । 

 


तर सरकारले राम्रो उद्देश्यले ल्याएको यो कार्यक्रममा पनि खुलेआम भ्रष्टचार भइरहेको पाइएको छ,त्यो पनि सरकारी कर्मचारीबाटै । तर सम्बन्धीत निकाय मौन छ । 


अनुगमन तथा कारबाही गर्ने निकाय नै मौन बसेपछि यो झन शंकास्पद बनेको छ । यो घटना हो,बीरगन्ज महानगरपालिकाको ।


बीरगन्ज महानगरपालिकामा अहिले धमाधम दिवा खाजाबापत दिने रकम निकासा भइरहेको छ । आर्थिक वर्ष सकिन लाग्दा बजेट सिध्याउने उद्देश्यले खाजा कार्यक्रम संचालन नगरि पैसा पनि निकासा गरेर कुम्लयाउने काम भएको छ ।


स्रोतका अनुसार बीरगन्ज महानगरपालिकाका कर्मचारीहरुले लेनदेनको आधारकमा कागजी प्रक्रिया पूरा गरेर संचलान नै नभएको कार्यक्रम अन्तर्गतको दिवा खाजाको रकम निकासा गरेका छन् ।
 

बीरगन्ज महानगरपालिकाले अहिले आफ्नो नगरभित्र पर्ने सबै प्राथमिक तहका विद्यालयहरुमा दिवा खाजाबापत दिने रकम धमाधम निकासा गरिरहेको छ ।

 

नगरको क्षेत्रमा रहेको ८९ वटा विद्यालयमा यो रकम पठाइएको छ । प्रति विद्यार्थी १५ रुपैयाँका दरले महानगरपालकिाले विद्यालयमा रहेको विद्यार्थी संख्याको आधारमा सम्बन्धीत विद्यालयमा रकम पठाएको छ । 


फागनु र चैत महिनामा विद्यालय संचलान भएको रजिष्टरमा देखाउँदै महानगरपालिकाले दिवा खजाको रकम निकासा गरेको दिवा खाजाबापत रमक पाएका एक विद्यालयका प्रधानाध्यापकले जनाए । उनका अनुसार यो रकम कागजीरुपमा सबै प्रक्रिया पूरा गरेर विद्यालयमा पठाइएको छ। ‘तर वास्तविकरुपमा दिवा खाजा खुवाइएको छैन,’ उहाँले भन्नु भयो  ।


नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप कुमार जैसवाल पनि यो कुरासंग विमति नरहेको प्रतिक्रिया दिनु भयो । ‘खाजा खुवाउदा पहिले नै पैसा आउछ,त्यसपछि विद्यालयले खाजा खुवाउने गरेको छ ।

 

तर यो बीचमा महानगरबाट मौखिक रुरुपमा खाजा खुवाउने प्रस्ताव आयो,जसमा शंका लाग्यो उहाँले भन्नुभयो । तैपनि केहीले खुवाए,कतिपयले किनकि सबैलाई डर थियो,पैसा आउँछ कि आउँदैन्।’ तर अहिले दुई महिनाको रकम भने भने सबै विद्यालयमा आएको छ । यो दुई महिनामा मात्रै महानगरबाट दिवा खाजाबापत १ करोड भन्दा बढी रकम निकासा भएको छ।


विद्यालयहरु संचालन रहँदा पनि त्यो वेला भने महानगरपालिकाले रकम पठाएको थिएन्। रकम नपठाएसम्म विद्यालयले दिवा खाजा खुवाउँदैन् पनि । महानगरले यो वर्ष दिवा खाजाबापतको रमक नपठाउने तयारीमा पनि थियो । 


तर आर्थिक वर्ष सकिन लाग्दा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कार्णको समन्वयमा यो रकम एकाएक निकासा भएको छ । स्रोतका अनुसार शैक्षिक महाशाखा प्रमुख कर्णले कार्यकारी प्रमुख प्रदीप निरौलासंग सबै तालमेल मिलाएर रमक निकासा गराएका हुन् ।

 


रकम पाएका एक विद्यालयका प्रधानाध्यापक भन्छन,‘ यो रकम आउने आसा थिएन,तर कर्ण सरले यो सबै मिलाउनु भयो । अनि रकम पनि आयो । निकासा भएको रकमको ६० प्रतिशत आफूहरुले लिने र ४० प्रतिशतमात्रै  विद्यालयलाई दिने भन्नु भयो। यही सहमतिको आधारमा रकम आयो।’ 

 


तर महानगरले यो कुरामा वास्तविकता नभएको प्रतिक्रिया दिएको छ। महानगरपालिकाका लेखा शाखामा कार्यरत राजन दासले दिवा खाजा खुवाएकै विद्यालयहरुमा रकम गएको उहाँको प्रतिक्रिया छ । उहाँका अनुसार फागुन र चैतमा खाजा खुवाएका विद्यालयहरुमा मात्रै खाजा  बापतको रकम गएको छ ।
 


बीरगन्ज महानगर प्रमुख विजय सरावगीले यो बारेमा आफूलाई थाहै नभएको जानकारी दिनु भयो । दिवा खाजाको रकम त अहिले नजानु पर्ने हो,किनकि डेढ महिना भन्दा बढीदेखि नै विद्यलायहरु बन्द नै छन उहाँले भन्नुभयो । कसरी गयो,म छानविन गर्छु ।’ 

 


यता बीरगन्ज महानगरपालिकाका प्रमुख कार्यकारिणी अधिकृत प्रदीप निरौलाले त्यस्तो चलखेल नभएको जानकारी दिनुभयो ए । तैपनि सम्बन्धीत शाखा प्रमुखसंग सोधखोज गरेर छानविन गर्ने उहाँको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.