logo

वीरगंज पथलैया औद्योगिक करीडोरमा कार्यरत १ लाख २५ हजार  मजदुरलाई  खोप उपलब्ध गराउन  मांग 

      6/8/2021 गते 00 00 मा प्रकाशित     747   पटक पढिएको

 
 वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज पथलैया औद्योगिक करीडोरमा कार्यरत १ लाख २५ हजार भन्दा बढी मजदुर कर्मचारीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकार सँग माग गरेको छ ।

 


सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकका सामु कोभिडले गर्दा विद्यमान असहज परिस्थितिमा निजी क्षेत्रले राष्ट्रिय आकाक्षा र आवश्यकताको परिपूर्तिका लागि जोखिम र चुनौतीका बीच काम गरिरहेको जनाएको  छ । 


संघका अध्यक्ष सुवोध गुप्ताले जारी गर्नु भएको बिज्ञप्तिमा उद्योग प्रतिष्ठान सञ्चालन गरेर आधारभूत आवश्यकताको परिपूर्ति गरी रहेका उद्योग प्रतिष्ठानलाई कोरोना संक्रमण मुक्त बनाउने अभियान चलाउनुपर्ने माग गरिएको छ ।


सङ्घले नेपालको प्रमुख औद्योगिक कोरिडोर वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित साना, मझौला र ठुला गरी झण्डै १ हजार उद्योग प्रतिष्ठान रहेको र त्यहाँ एक लाख २५ हजार भन्दा बढी मजदुर कर्मचारी कार्यरत रहेको जनाएको छ ।   उनीहरूलाई कोरोना सङ्क्रमणबाट जोगाउन तत्काल कोरोना विरुद्धको खोप आवश्यक रहेको संघको ठहर छ ।


विज्ञप्तिमा वीरगञ्ज र यस क्षेत्रमा अवस्थित उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र निजी क्षेत्रलाई तेस्रो भेरियन्ट आउनु पूर्व नै कोभिड खोप लगाउन अपरिहार्य भएको कुरा उल्लेख गरिएको छ ।


कोभिड–१९ को तेस्रो भेरियन्ट सङ्घारमै आई पुगेको सङ्केत वरिष्ठ चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले उद्घोष गरी रहेको र यसको प्रभाव पछिल्ला भेरियन्ट भन्दा झन् बढी हुने भन्ने आकलन भई रहेका प्रसङ्गहरूलाई गम्भीरता पूर्वक आत्मसात् गरी उद्योग, व्यापार, व्यवसाय क्षेत्रका उत्पादन, वितरणमा काम गर्नेहरू तथा उद्योग व्यवसाय सञ्चालकहरू समेतलाई फ्रन्टलाइनमा काम गर्ने सरह नै प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनु पर्ने तर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराउँछौ विज्ञप्तिमा भनिएको  छ ।


वीरगंज उद्योग वाणिज्य सङ्घले यसअघि स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, नेपाल उद्योग वाणिज्य महासङ्घ र बीरगंज महानगरपालिकालाई छुट्टा छुट्टै पत्र लेखी खोप उपलब्ध गराउन माग समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.