logo

वीरगन्ज महानगरपालिका र रेडक्रसबीच रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सम्झौता,प्रादेशीक स्तरको केन्द्र बनाईने

      6/17/2021 गते 00 00 मा प्रकाशित     681   पटक पढिएको

नेपाल रक्तसंचार केन्द्रको आधुनिक भवन निर्माणकालागि बीरगंज महानगरपालिकाले जमिन उपलब्ध गराएको छ ।

 

रक्त संचार केन्द्रको संचालक संस्था नेपाल रेडक्रस सोसाइटी पर्सा र बीरगंज महानगरपालिकावीच बिहिवार सम्झौता भएको छ । 


 वीरगन्ज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्न दिने गरी नेपाल रेडक्रस सोसाईटी पर्साशाखासँग सम्झौता गरेको हो । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर २ मालपोत कार्यालय नजिकै रहेको किता नम्बर २१ र ५६ को खाली जग्गा रक्तसञ्चार केन्द्र वीरगन्जको भवन निर्माण गरी प्रयोग गर्ने गरी महानगरपालिका र रेडक्रस सोसाईटी पर्सा शाखाबीच बिहीबार सम्झौता भएको महानगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो  ।

 

महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीको उपस्थितमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला र नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलबीच रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्ने सम्झौता भएको छ ।

 

वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको गत वर्ष माघ १३ गते भएको निर्णय बमोजिम कित्ता नम्बर २१ र ५६ को खाली जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई रक्तसञ्चार केन्द्रको भवन स्थापना गरी प्रयोग गर्न  उपलब्ध गराएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

 

सम्झौतामा भवन निर्माण गर्दा वीरगन्ज महानगरपालिकाबाट नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने, भवन निर्माणको लागि लाग्ने खर्च रेडक्रस सोसाईटी आपैmले स्रोत जुटाउनुपर्ने, भवन निर्माण गर्दा भुईतल्लाको पूरै भाग सवारी पार्किङ्गको लागि राख्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै पार्किङ्ग शुल्क पहिलो पक्ष महानगर र दोश्रो पक्ष नेपाल रेडक्रसबीचको सहमतिमा निर्धारण गर्ने, पार्किङ्ग शुल्क बापत उठेको रकम पार्किङ्ग व्यावस्थापन, रक्तसञ्चारको व्यावस्थापन तथा सामाजिक कार्यमा लगाउनुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

 

त्यसैगरी भवन निर्माणपछि रक्तसञ्चार केन्द्रको प्रयोजनका लागि बाहेक अन्य प्रयोजनका लागि महानगरपालिकाको सहमति विना लगाउन नपाईने, यदि त्यस्तो गरेको पाईएमा महानगरपालिकाले रेडक्रस सोसाईटीलाई जानकारी गराई सम्झौता रद्द गर्न सक्ने पनि व्यावस्था राखिएको छ ।

 

रेडक्रस सोसाईटीले रक्तसञ्चार केन्द्रको भवन निर्माण प्रयोजन समाप्त भएमा वा अन्यत्र सरेर गएमा उक्त भवन महानगरपालिकाको स्वामित्वमा स्वतः हस्तान्तरण हुने पनि सम्झौतामा भनिएको छ । रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सूर्य नेपाल प्रालिले गतबर्ष नै १० लाख उपलब्ध गराईसकेको रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेँलले बताउनुभयो ।

 

उहाँका अनुसार रेडक्रस सोसाईटी केन्द्रले पनि केही रकम दिने आश्वासन दिएको बताउदै पर्सा, बाराका स्थानीय तहहरुलाई  पनि रक्तसञ्चार केन्द्र भवन निर्माणको लागि आग्रह गरिने बताउनुभयो ।

 

प्रदेश २ मा अहिलेसम्म प्रादेशिक रक्तसञ्चार केन्द्र समेत स्थापना नभएको अवस्थामा निर्माण हुन लागेको रक्तसञ्चार केन्द्रको भवनलाई नै प्रादेशिक स्तरको रक्तसञ्चार केन्द्र बनाउने पहल गरिने र  प्रदेश सरकारसँग पनि भवन निर्माणका लागि सहयोग माग गरिएको कडेलले बताउनुभयो । व रक्तसञ्चार केन्द्रको भवन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्डमा नै ख श्रेणी अन्तर्गतको बनाईने उहाँको भनाई छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.