पर्सामा आफैंले बोकेको राइफल पड्केर घाइते भएका सेनाका जवान श्यामबाबु प्रसाद चौहानको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
सैनीक मूख्यालयमा उनको उपचार भइरहेको छ । राती उनको शल्यक्रिया सफल भएको सैनीक स्रोतले जनाएको छ । चौहानको होस आएको छ । एउटा सानो अप्रेशन हुन बााकी छ । अवस्था सुधारउन्मुख रहेको स्रोतले जनाएको छ ।
डिउटीमा रहेका चौहानको आफैले बोकेको राइफल पडकिदा गम्भीर घाइते भएका थिए।
वीरगञ्ज महानगरपालिका– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।
उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एम–१६ राइफलको गोली लागेको घाउ छ ।
स्रोतका अनुसार आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएका हुन् । गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए ।
ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो ।
तपाईको प्रतिक्रिया