logo

पटेर्वा सुगौलीमा उपाध्यक्षद्वारा अख्तियारको दुरुपयोग ,कारवाहीमा पर्ने डर कर्मचारीमा , आइसोलेनश निर्माणमा असहयोग

      6/21/2021 गते 00 00 मा प्रकाशित     757   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकामा उपाध्यक्ष ममता महतोका कारण कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ । उपाध्यक्ष महतोले आफनै नाममा निवेदन माँग गर्दै तोक लगाउदै कार्यान्वयन समेत आफैले गर्न थाले पछि कर्मचारीमा त्रास उत्पन्न भएको हो । 

 


जेठ १९ गते उपाध्यक्ष महतोले तीन वटा यस्तै निवदेनमा तोक लगाउनु भएको छ तोक लगाएको निवेदनलाई दर्ता समेत आफैले गर्नु भएको छ । आफनै नाममा निवेदन लिने आफै तोक लगाउने र कार्यान्वयन समेत आफैले गर्नु भएको छ । 


जेठ १९ गते उपाध्यक्ष महतोले गाउँपालिकाको स्टोरमा राखिएको तीन थान बोरिङ आफैले स्टोरको ताल्चा खोलेर बितरण गर्नु भएको छ । 


गाउँपालिकामा दिइने निवेदनमा अध्यक्षलाई सम्बोधन गर्ने चलन छ । त्यस्तो निवेदनमा प्रमुख प्रशासकीय अधिकृतले तोक लगाउने अभ्यास छ । उपाध्यक्षको नाममा निवेदन दिने र उपाध्यक्षले नै तोक लगाउने कुरा अख्तियारको दुरुपयोग भएको स्थानीय शासन बिज्ञको टिप्पणी छ ।

 

पटेर्वा सुगौली गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भूजेन्द्र यादवले समेत उपाध्यक्षले तोक लगाउने कुरा प्रचलनमा आएको आफूलाई थाहा नभएको बताउनु भयो । पालिकाको कृषि शाखाका कर्मचारीले आवश्यक प्रक्रिया पुरा गरि बोरिङ दिने निर्देशन भएको जानकारी दिदा समेत उपाध्यक्ष महतोले गैर कानूनी काम गरेको बताएका छन ।

 

गाउँपालिका प्रमुख हनिारायण चौधरीले बोरिङ बितरणकोलागि आफूले प्रक्रिया पुरा गरेर बितरण गर्न कर्मचारीलाई आदेश दिएको एक कर्मचारीले बताए । मैले आदेश गरेको थिए अध्यक्ष चौधरीले भन्नु भयो “ मैले रोकेको थिइन किसनलाई दिनकैकोलागि बोरिङ ल्याइएको हो  उपाध्यक्षलाई के भयो उहाँले हुदै नभएको अधिकार प्रयोग गर्नु भएछ ।

 

उपाध्यक्ष महतोले भने अध्यक्षको अनुपस्थितिमा आफूले काम गरेको दावी गर्नु भएको छ । उहाँले स्थानीय शासन संचालन ऐनले गरेको प्रवन्ध अनुसार आफूले काम गरेको दावी गर्नु भएको छ । उहाँले पहिला आवश्यक सल्लाह र परामर्श हुनथ्यो त्यही अनुसार जनप्रतिनिधिको हैसियतमा आफूले पनि जनताको माँग सम्बोधन गर्दै आएको बताउनु भयो । उहाँले यसपाली नीतिगत रुपमै भेदभाव गरिएको बताउनु भयो ।

 

 तर रोचक कुरा त के छ भने गाउँपालिका अध्यक्ष त्यो मितिमा गाउँपालिका भन्दा बाहिर गएको देखिदैन । उपाध्यक्षलाई कार्यवाहक समेत दिएको औपचारिक कागजात कार्यालयमा छैन । यस्तोमा उपाध्यक्षको दावीमा दम देखिदैन । त्यसमा पनि निवेदनको सम्बोधन नै उपाध्यक्षलाई गरिएको छ ।

 

त्यो आफै प्रक्रियागत देखिदैन । तोक लगाउने अख्तियारी पनि उपाध्यक्षलाई छैन । पियनसंग रहेको ताल्चा खोसेर बोरिङ झिकेर बितरण गर्ने कुरा उपाध्यक्षको असल दायित्व भित्र नपर्ने भन्दा पालिकाका कर्मचारीहरु कतिबेला काहा फस्ने हो भन्दै चिन्ता ब्यक्त गर्न थालेका छन ।


गाउँपालिकामा कोभिड संक्रमण नियन्त्रण र रोकथामकालागि गरिएको प्रयासमा उपाध्यक्ष लगायतका जनप्रतिनिधिले सहयोग नगरेको एक कर्मचारीले बताएका छन । गाउँपालिका अध्यक्ष बिरामी भएका कारण कार्यालय आउन नसक्ने सूचना दिएपनि कोभिड बिरुद्ध आइसोलेशन निर्माणमा केही जनप्रतिनिधिले सहयोग नगरेको गाउँपालिका स्रोतले जनाएको छ ।

 

आइसोलेशन निर्माणको नीतिगत निर्णय गरेर डिसीसीएमसीमा पाठाउनु पर्नेमा निर्णय नगरिदिदा पठाउन ढिलो भएको अध्यक्ष चौधरीले बताउनु भयो । राजनीतिक लडाई त भइरहन्छ तर कोभिडको संक्रमणबाट आफनो गाउँपालिका भित्रका जनताको जीवन रक्षाको बिषयमा साथीहरुले राजनीति नगरेको भए हुनथ्यो अध्यक्ष चौधरीले भन्नु भयो ।  उपाध्यक्ष महतोले भने आफूहरुले कुनै असहयोग नगरेको दावी गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.