logo

क्रस बोर्डर इस्युका बिषयमा बीरगंजमा दुई देशका पत्रकारवीच अन्तरक्रिया,समस्याको समाधानकालागि नागरिक संवाद आवश्यक

      7/8/2021 गते 00 00 मा प्रकाशित     882   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका  प्रमुख बिजय कुमार सरावगीले संघीय सरकारले स्थानीय तहको अझै हातखुट्टा बाध्ने काम गरेको आरोप लगाउनुभएको छ ।

 

मानव अधिकार पत्रकार संघले आज वीरगन्जमा आयोजना गरेको नेपाल भारत सीमा क्षेत्रमा मुद्धाहरु  बिषयक एकदिने कार्यशाला गोष्ठीमा आफ्ना धारणा राख्दै उहाँले स्थानीय सरकारले कयौं प्रयास गर्दापनि नागरिकहरुको सवालमा काम गर्न  नसकेको बताउनुभयो ।

 

उहाँले खोप खरिद लगायतका बिषयमा  आफूहरुले प्रयास गरेको भएपनि संघीय सरकारको नीतिका कारण असफल भएको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने गरेको तस्करीको समस्या समाधान हुन कहिल्यै नसक्ने पनि बताउनुभयो । नेपालले पनि अनावश्यक रुपमा सीमा नाका अब बन्द गर्न नहुने र भारतले पनि नेपालीप्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा उहाँले जोड दिनु भयो ।

 

 नेपाल भारतको बोर्डर डेढ वर्षदेखि बन्द छ, दुवै देशका नागरिक समस्यामा छन् । कोरोना बहाना हो, किन बन्द छ ? न नेपाल सरकारलाई थाहा छ, न भारत सरकारलाई उहाँले भन्नु भयो आफन्तको विवाह कर्ममा त जान पाएनन् तर मर्दापर्दा समेत जान पाएका छैनन् ।’बिद्यलाय बन्द गरेर सरकारले बिद्यार्थीहरु मानव अधिकारको उल्लंघन गरेको उहाँले दावी गर्नु भयो । 


कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्र बिषयका प्राध्यापक वीरेन्द्र शाहले सीमा क्षेत्रमा रोटीबेटीबीचको सम्बन्ध राम्रो भए पनि राज्यबीच राम्रो सम्बन्ध नहुँदा समस्यामा पर्ने गरेको बताउनु भयो  ।उहाँले नेपाल र भारत वीचको सम्बन्ध प्राचिन नभइ आधुनिक भएको चर्चा गर्दै आधुनिक राज्यका आ आफना हक अधिकार र दायित्व रहने भएकोले यो कुरा स्मरण गर्नु पर्ने बताउनु भयो । 

 

उहाँले ‘दुवै देशमा नागरिकताको विषयमा समस्या रहेको चर्चा गर्दै  यता भारतीय छोरीले जहिले नेपाली नागरिकता पाउँछन, भारतमा नेपाली छोरीले नागरिकता पाउन सात वर्ष कुर्नु पर्छ । समानता हुनुपर्छ भन्ने आफूहरुको माँग रहेको बताउनु भयो । 

 

भारतीय पत्रकार दीपक अग्निरथले पछिल्ला दिनमा नेपाल भारतबीच हुने विवाहमा कमी आउनुले पनि जनस्तरको सम्बन्धमा समस्या हुन थालेको बताउनु भयो  । प्रभात खबरका पत्रकार मनोजकुमार गुप्ताले कुनै पनि बहानामा पौराणिक सम्बन्धलाई बिगार्न नहुनेमा जोड दिनु भयो  ।


भारतीय पत्रकारले भारतकै कतिपय संचारमाध्यमले नेपालका सन्दर्भमा गलत खवर प्रशारण गरेको भन्दै त्यसले समेत नेपालमा भारत बिरुद्धको जनमत बनेको कुरा स्वीकार गरेका थिए । 


कार्यक्रममा मानव अधिकार पत्रकार संघका पूर्व अध्यक्ष नम्रता र्शामाले क्रस बोर्डर जर्नालिष्ट नेटवर्कक त्यसको कानूनी प्रवन्धका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले क्रस बोर्डर इस्युका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, प्रदेश २ का महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी ,सर्लाहीका अध्यक्ष टंक क्षेत्री , पत्रकार कविता खड्का नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादव लगायतले आफना भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण हुर्जाका अध्यक्ष घनश्याम खड्काले गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.