logo

मधेश प्रदेश सभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित

 इसीमाना सम्वाददाता     २०८३ जेठ २८ गते ०७: ४१ मा प्रकाशित     225   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ।

 

बिहीबार बसेको मधेश प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले जेठ १५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि सभामुख रामआशिष यादवले निर्णयार्थ पेश गरेका थिए।

 

ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो।

 

नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रतिपक्षी दलहरू जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकसेवा आयोग र जनलोकपाल आयोगका सदस्य नियुक्तिको विषयलाई लिएर बैठकमा अवरोध जनाउँदै आएका थिए।

 

प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सात वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। तीमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेशसभा सदस्य राजकुमार लेखीको संशोधन प्रस्ताव स्वीकृत भएको छ भने अन्य छ वटा संशोधन प्रस्ताव अस्वीकृत भएका छन्।

 

नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री युवराज भट्टराईले आगामी विनियोजन विधेयकमा समावेश हुने प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख यादवले बैठक स्थगित गरेका हुन्।

 

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा कम लागतका योजना समावेश नगरिने स्पष्ट पारे। 

 

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकास निर्माणका ठूला तथा प्रभावकारी योजनालाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम अघि सारेको जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.