logo

मधेश प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा पहिलो बन्यो परवानीपुर गाउँपालिका

 इसीमाना सम्वाददाता     २०८३ जेठ २८ गते ०८: १६ मा प्रकाशित     1196   पटक पढिएको

फाइल तस्विरःतस्विरमा वाँयाबाट उपाध्यक्ष सुगान्धी देवी, अधयक्ष राम क्षेत्री पटेल र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनीयार 

वीरगंज । श्रमजीवी मजदुर किसानको मुक्तिकामी आन्दोलनको जगबाट उठेका निष्कपट र इमान्दार ब्यक्ति राम क्षेत्री पटेलले नेतृत्व गरेको बाराको परवानीपुर गाउँपालिका बित्तिय अनुशासन कायम गर्न मधेश प्रदेशमा सबै भन्दा सफल पालिकाको रुपमा दरिएको छ ।

 

कम्युष्टि आन्दोलनको आधारभूत जगबाट राजनीतिक कर्म गरेका पटेल,बिद्यार्थी र किसान आन्दोलनको अगुवाको राजनीतिक मार्गदर्शनमा क्रियाशिल उपाध्यक्ष सुगान्धी देवी गुप्ता र वित्तीय अनुशासन, सुशासन, पारदर्शिता तथा सार्वजनिक स्रोत–साधनको प्रभावकारी व्यवस्थापनमा उत्कृष्टता प्रर्दशन गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह  रौनियारको समन्वय र सक्रियतापूर्ण कदमले परवानीपुर गाउँपालिका मधेश राम्रो र सफल पालिकाको रुपमा अग्रणी स्थानमा रहेको छ ।

 

महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेर यस्तो सफलता हासिल गरेको हो ।

 

प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजु दर केवल ०.२९ प्रतिशत रहेको छ। मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु परवानीपुर गाउँपालिकामा रहेको छ ।  साथै, देशभरका ७५३ स्थानीय तहमध्ये गाउँपालिकाले ५९औँ स्थान प्राप्त गरेको छ ।

 

गाउँपालिकाले  योजना कार्यान्वयन, लेखा प्रणालीको सुदृढीकरण तथा आर्थिक व्यवस्थापनमा अपनाइएको पारदर्शी अभ्यासले सकारात्मक परिणाम दिएको पालिका अध्यक्ष पटेलको  भनाइ छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले यो सफलता जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सामूहिक प्रयासको प्रतिफल भएको बताए । उनले आगामी दिनमा शून्य बेरुजुको लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको जानकारी दिए ।


स्थानीय तहको आर्थिक अनुशासन, वित्तीय व्यवस्थापन र कार्यसम्पादन मूल्याङ्कनका दृष्टिले महालेखापरीक्षकको प्रतिवेदनलाई महत्वपूर्ण सूचक मानिन्छ । यस्तो अवस्थामा परवानीपुर गाउँपालिकाले हासिल गरेको यो उपलब्धिलाई स्थानीय तहमा सुशासन र प्रभावकारी वित्तीय व्यवस्थापनको उदाहरणीय नमुनाका रूपमा हेरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.