logo

स्वास्थ्य मन्त्रालयमा कार्यरत वीरगंजका डा.चौरसिया सहित पाँच जना, बिशेष अदालतद्वारा भ्रष्ट ठहर

 इसीमाना सम्बाददाता     २०८३ असार २ गते ०६: ३३ मा प्रकाशित     60   पटक पढिएको

वीरगञ्ज । स्वास्थ्य मन्त्रालयमा कार्यकरत डा. सुरेन्द्र प्रसाद चौरसियालाई बिशेष अदालतले भ्रष्टनचनर मुद्धामा दोषी ठहर गरेको छ ।

 

सोमवार बिशेष अदालतले उनी बिरुद्धको सुनवाई पछि ४ महिना कैद र २० हजार रुपैया जरिवाना हुने फैसला गरेको छ ।

 

चौरसियासंगै श्रवण कुमार थापा आशिष चौहान, पद्मा मिश्र, संजय कुमार साह तथा म्याक्सिम ट्रेडर्सका सञ्चालकलाई पनि दोषी ठहर गरेको छ । दोषीहरुबाट ५ लाख ४७ हजार ८ सय १७ रुपैयाँ बिगो असुल  गर्ने फैसलामा उल्लेख छ । 


डा. चौरसिया सरकारी सेवामा प्रवेश गर्नु पूर्व नेपाल सदभावना पार्टीको बिद्यार्थी संगठन र पछि पार्टी राजनीतिमा सक्रिय रहेका थिए ।

 

उनी ०५१ को प्रतिनिधि सभाको निर्वाचनमा पर्साको क्षेत्र नं ३ मा नेपाल सददभावना पार्टीको तर्फबाट निर्वाचन समेत लडेका थिए ।

 

 म्यामोग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ ।

 

सोमबार विशेष अदालतले सुनाएको फैसलाअनुसार डा. संगीता मिश्र, विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दीपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले आरोपबाट सफाइ पाएका छन्। 


स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा डा. मिश्र यस प्रकरणमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। तर, उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेपछि अदालतले सफाइ दिएको हो।

012349df-0b63-4e84-baaa-10e9662b04cc.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

महोत्तरीको भङ्गहा नगरपालिकाका बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

बर्दिवास । महोत्तरी  जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आइतवार घर हस्तान्तरण गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.