वीरगंज । लोकतन्त्रको सवलीकरणकालागि आर्थिक बिकासका बिषयमा वीरगंजमा आर्थिक तथा राजनीतिक सम्बाद सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालमा आर्थिक विकास र लोकतान्त्रिक अभ्याससम्बन्धी लामो समयदेखि चल्दै आएको बहस, हालैको युवा आन्दोलनले उठाएका सवाल तथा आर्थिक–राजनीतिक क्षेत्रका विद्यमान चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।
संवादमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर डा. अच्युत वाग्लेले नेपालको आर्थिक बिकासका बिषयमा बिस्तृत जानकारी गराए ।

उनले निर्यात ब्यपारको मात्रा नबढ्दा सम्म आर्थिक बिकास र त्यसको माध्यमले लोकतन्त्रको सवलीकरणको बिषय पुरा हुन नसक्ने बताए ।
कार्यक्रममा सुशासन नीति निर्माण र कानून निर्माणको प्रक्रियाका माध्यमले लोकतन्त्रको मजवुतीकरणका बिषयमा ठाकुरराम बहुमखी क्याम्पसका प्राध्यापक बिनय मिश्रले कार्यपत्र पेश गरेका थिए ।
उनको कार्यपत्रमा सिद्धार्थ इन्टरनेशनल कलेजका अध्यक्ष डा.सुष्मा द्विवेदी टिप्पणी गरेकी थिइन ।
अहिलेको लोकप्रियतावाद सामाजिक न्याय र सशक्तिकरणका बिषयमा पत्रकार आरती चटौतले कार्यपत्र पेश गरेकी थिइन भने उनको कार्यपत्रमाथि डा. दीपेन्द्र चौधरीले टिप्पणी गरेका थिए ।
चटौतले कार्यपत्र मार्फत मधेशले नेपालको राजकीय सत्ता, कर्मचारीतन्त्रमा प्राप्त गरेको अवसरलाई बिश्लेषण गर्दै सामाजिक न्याय र सशक्तिकरणका सूचकहरु अझै कमजोर रहेको चर्चा गरेकी थिइन ।
कृतिम बुद्धिमताको यो युगमा प्रजातन्त्र र आर्थिक बिकासका बिभिन्न पक्षहरुको बारेमा प्राध्यापक कपिल अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्राध्यापक लक्ष्मी कर्णले टिप्पणी गरेकी थिइन ।
वक्ताहरूले आर्थिक विकासका सूचकमा सुधार देखिए पनि त्यसको प्रतिफल समाजका सबै वर्गमा समान रूपमा पुग्न नसकेको बताएका थिए।
लोकतान्त्रिक प्रणालीले नागरिकका अपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले लोकतन्त्रलाई थप समावेशी, उत्तरदायी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्राध्यापक बिनोद गुप्ता,राजेन्द्र कोइराला पत्रकार के.सी.लामिछाने, निरज पिठाकोटे, त्रिलोकी यादव युवा अभियान्ता कमल चौगाई, गीता भण्डारी,नमोनारायण गुप्ता लगायतले आफनो जिज्ञासा र बिचार राखेका थिए ।
कार्यक्रमको उद्धेश्यका बिषयमा फेडरिक इवर्ट स्टीफटुङ नेपालका चन्द्रदेभ भट्टले प्रकाश पारेका थिए ।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य आर्थिक विकास र लोकतान्त्रिकीकरण प्रक्रियासँग सम्बन्धित विषय तथा चुनौतीहरूको अध्ययन गरी प्राप्त सुझावलाई नीतिगत तहमा प्रतिबिम्बित गराउनु हो।
संवाद कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया