logo

पटेर्वाका इन्सपेक्टर अधिकारीको क्षमता र बिश्वास माथि उठ्यो सवाल, अर्का इन्सपेक्टरको कमाण्डामा ३० प्रहरी परिचालन

 इसीमाना सम्वाददाता     २०८३ भदौ १५ गते ०५: ४० मा प्रकाशित     441   पटक पढिएको

वीरगंज । पर्सा प्रहरीले पटेर्वा सुगौलीमा प्रहरीको  छुटै युनिट स्थापना गरेको छ ।

 

त्यसरी स्थापना गरेको युनिटलाई रंगपुर स्थित वडा नं २ को कार्यालयमा राख्ने तयारी थियो तर स्थानीयले वडाको काम प्रभावित हुने भन्दै कार्यालयमा प्रहरीलाई राख्न नहुने भने पछि उनीहरुको बसाई पटेर्वा स्थित ईलाका प्रहरी कार्यालय पथरैयामा बसाई छ ।

 

उक्त युनिट हिजै देखी त्यस क्षेत्रमा क्रियाशिल छ । 

 


प्रहरी निरिक्षकको कमाण्डामा ३० जनाको अतिरिक्त प्रहरी टोली परिचालन भएको छ ।

 

त्यस क्षेत्रमा रंगपुरमा असई हर्क बहादुर श्रेष्ठको कमाण्डमा एउटा चौकी छ भने पथरैयामा प्रहरी निरिक्षक समुन्नत अधिकारीको कमाण्डमा इलाका प्रहरी कार्यालय छ ।

No photo description available.

प्रहरीका कार्यालयमा भएका जनशक्तिको ब्यवसायीक निष्ठामा अनेकौ प्रश्न उठेपछि प्रहरी संगठनले नयाँ युनिट परिचालन गरेको स्रोतले बताएको छ । 

पटेर्वा स्थित इलाका प्रहरी कार्यालय पथरैयाका प्रहरी निरिक्षक अधिकारी पछिल्लो समयमा निकै बिवादमा आएका छन । उनीमाथि गैर कानूनी गतिवधि निर्वाध रुपले हुन दिनकालागि वतावरण बनाईदिएको आरोप लाग्दै आएको छ ।

 

उनले  परिचालन गरेका सादा पोशाकका प्रहरी अवैध रकम असुलीमा संलग्न रहेको गम्भिर आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई जिल्लामा  तानेर अनुसन्धान गरिरहेको छ ।

 

रंगपुर प्रहरी चौकीका कमाण्डर हर्क बहादुर श्रेष्ठ ६ महिना भन्दा बढी रंगपुर चौकीमा बसेता पनि उनले आफनो राम्रो कार्यकुशलता प्रर्दशन गर्न नसकेको उनी सगै काम गर्नेहरु बताउछन  ।

 

उनले अनधिकृत कारोवार रोक्न र त्यसमा संलग्न कुनै पनि ब्यक्तिलाई पक्राउ गर्न नसेकेको भन्दै उनको कार्यक्षमता माथि नै प्रश्न उठाउन थालिएको छ । पथरैयाका प्रहरी निरिक्षक अधिकारी र रंगपुरका असई श्रेष्ठ दुबै जना कार्यसम्पादन मूल्याकंनमा कमजोर देखिएका छन ।

 

उनीहरुलाई पर्सा प्रहरी  कमाण्डले राम्रो काम गर्न पटक पटक निर्देश गरेपनि त्यो अनुसारको कार्य सम्पादन गर्न नसकेको आरोप लागेको छ ।

 

 

 निर्देशन अनुसारको काम हुन नसकेपछि संगठन भित्रै बिश्वासको संकट पैदा भएकोले अर्को युनिट परिचालन भएको स्रोतको दावी छ ।

 

 यद्धपी पर्सा प्रहरीका प्रवक्ता चक्र मल्लले अपराधिक कारोवारमा संलग्नहरुकालागि “डोमिनेटिङ्ग” वतावरण बनाउन प्रहरी परिचालन गरिएको बताए । उनले यो युनिट अस्थायी रुपमा परिचालन भएको समेत बताए ।

 

 उता पटेर्वाका प्रहरी निरिक्षक अधिकारीले भने तस्कर समात्नकालागि प्रहरी टोली परिचालन भएको स्थानीयसंग बताएका छन ।

 

स्थानीयका अनुसार रातको समयमा घरमा बसेका मान्छेलाई बारहर  निकालेर उनीहरुलाई नियन्त्रणमा लिने प्रहरीको तयारी रहेको उनले बताएका छन ।

 

नयाँ इन्सपेक्टर पटेर्वा इलाका प्रहरी कार्यालयको कार्यक्षेत्र भित्रको सुरक्षा चुनौती, अनधिकृत कारोवार र त्यसको संजाल सीमा आरपार तस्करीको अवस्था र अन्य शान्ति सुरक्षाका अवस्थाको बारेमा स्थानीयसंग सम्वाद र अन्तरक्रियमा ब्यस्त छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.