logo

हवाई इन्धन चोरी आरोपीहरु धरौटीमा रिहा, मुख्य आरोपी सुनैन मिया अनुसन्धान पुरा भएपनि अदालत हाजिर भएनन

 इसीमाना सम्वाददाता     २०८३ भदौ १७ गते ०५: ४५ मा प्रकाशित     236   पटक पढिएको

                                                                       तस्विरः एआईले बनाएको सांकेतीक तस्विर हो

वीरगंज । हवाइ इन्धन चोरी गरेको आरोपमा पक्राउ परेका ७ जनामध्ये ६ जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

 

भदौ २१ गते पक्राउ परेका ७ जनामध्ये ६ जनाको मंगलबार अबेरसम्म थुनछेक बहस भएपछि अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार उमेश राना मगर र मन्द सिंह लामासँग जनही ४५ हजार रुपैयाँ तथा असलम हवारी, रफिक मियाँ, सन्देश राना मगर र केशर राना सुनारसँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

 

अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिए पनि पेट्रोल पम्प सञ्चालक तथा घटनाका मुख्य आरोपित भनिएका सुनैन मियाँको हकमा भने मंगलबार कुनै आदेश भएको छैन । उनी अदालतमा हाजिर नभएकाले उनको थुनछेक बहस हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ ।

को हुन सुनैन मिया र भएको के थियो ?


वीरगंज महानगरपालिका  वडा नं ३ निवासी मिया वीरगन्ज महानगरपालिका १४, बाइपास सडकस्थित सौदागर आयल सेन्टरका सञ्चालक हुन्उ । यद्धपी आयल सेन्टर भने उनको छोराको नाममा दर्ता रहेको छ ।

  
भारतको बिहारस्थित इन्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगल, काठमाडौंका लागि आउँदै गरेको २० हजार लिटर क्षमताको ना ७ ख १५३९ नम्बरको ट्यांकरबाट वीरगन्जमै इन्धन चोरी भएको थियो। 


प्रहरीका अनुसार उक्त आयल सेन्टरमै ट्यांकरको सिल तोडेर चोरी भइरहेको थियो। प्रहरीले फलामको पाइपको हुक प्रयोग गरी सिल माथि सारेर ग्यालिनमा इन्धन भर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। 


पक्राउ पर्ने ७ जनामा पम्प सञ्चालक सुनैन मियाँ, कर्मचारी असलम हवारी, रफिक मियाँ लगायत थिए। 
प्रहरी अनुसन्धानले उनलाई मुख्य आरोपीका रूपमा राखेर मुद्दा बुझाएको थियो। 

त्यसपछि के भयो?

यसअघि भदौ २ गते अदालतले मियाँ बिरामी रहेको भन्दै पाँच दिनभित्र अनुसन्धान पूरा गरी मुद्दा बुझाउन प्रहरीलाई आदेश दिएको थियो ।

 

अनुसन्धान नसकिए उनलाई बाहिर राखेर अनुसन्धान गर्नसमेत अदालतले आदेश दिएको थियो । सोही आदेशपछि मियाँ रिहा भएका थिए । 

 

प्रहरीले अनुसन्धान पूरा गरी अदालतमा मुद्दा बुझाइसकेको अवस्थामा समेत मियाँ अदालतमा हाजिर नभएको जनाइएको छ । उनको हकमा अदालतमा हाजिर भएपछि मात्रै थुनछेक बहस हुने बताइएको छ ।

 

साउन २१ गते पक्राउ परेपछि अदालतले म्याद थप दिँदै थियो। भदौ २ गते उनका वकिलले मधुमेह, मुटु, आँखा लगायत स्वास्थ्य समस्या र दैनिक १८ ट्याब्लेट खानुपर्ने भन्दै हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरे। 


अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता दफा १५ अनुसार ५ दिनभित्र अभियोगपत्र बुझाउने वा नसके हाजिर जमानीमा छाड्ने आदेश दियो, जसअनुसार भदौ ७ गते उनी रिहा भए र उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो हस्पिटल गएको प्रहरीले जनाएको थियो। 


यो रिहाइमा “सेटिङ”भएको आशंका उठेपछि प्रहरी र सरकारी वकिलले अदालतकै आदेश भएको स्पष्ट पारेका थिए। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.