logo

छठ पर्वलाई लक्षित गर्दै पर्सामा पटाका पड्काउन र माछामासु बिक्रीमा रोक

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक २८ गते ०८: ४१ मा प्रकाशित     44   पटक पढिएको

वीरगञ्ज । छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक अपिल जारी गर्दै पटाका पड्काउन तथा छठ पूजास्थल र घाट आसपास माछामासु बिक्री वितरणमा रोक लगाएको छ।

 

जिल्ला सुरक्षा समिति, पर्साको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल जारी गर्दै छठ पर्वका अवसरमा शान्ति सुरक्षा कायम राख्न सर्वसाधारण तथा सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्।

 

प्रशासनले छठ पर्वका क्रममा आगलागी तथा अन्य मानवीय र भौतिक क्षति हुन नदिन आतिसबाजी, पटाका लगायतका प्रज्वलनशील तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न अनुरोध गरेको छ। त्यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

 

त्यसैगरी, छठ घाट तथा पोखरीहरूमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण डुब्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

 

 सम्भावित विपद् तथा दुर्घटनामा तत्काल उद्धार गर्न आवश्यक उपकरणसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको अपिलमा उल्लेख छ।

 

प्रशासनले छठ पर्वको धार्मिक मर्यादा र पवित्रता कायम राख्न  कात्तिक २८ र २९ गते छठ पूजास्थल तथा घाट वरिपरिको क्षेत्रमा माछा, मासु लगायतका खाद्य पदार्थ र सम्पूर्ण मादक पदार्थको बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न आग्रह गरेको छ।

 

पर्व अवधिभर शान्ति सुरक्षा चुस्त र सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिहरूबीच आवश्यक समन्वय गर्नसमेत अपिल गरिएको छ।

 

प्रमुख जिल्ला अधिकारी दाहालले छठ पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सम्पूर्ण जिल्लावासी, छठ पूजा व्यवस्थापन समिति, व्यवसायी तथा सरोकारवालालाई प्रशासनको निर्णय पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.