logo

पुरुषबाट महिला बनेकी नेपाली महिला यस्तो रहेछ कहानी

      12/18/2017 गते 00 00 मा प्रकाशित     1542   पटक पढिएको

 

काठमाडौ । सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छिन् । झन्डै एक दशक तेस्रोलिंगीको पहिचान बोकेर सार्वजनिक जीवन व्यतीत गरेकी सन्ध्याले गत साउन २४ गते थाइल्यान्डको राजधानी बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइन्मेन्ट सर्जरी गराएकी हुन् । त्यहाँका मुख्य चिकित्सिक डा. थेपसहितको चिकित्सक टोलीले पाँच घण्टा लामो शल्यक्रियापछि उनको पुरुष लिंग हटाएर महिला यौनांग प्रत्यारोपण गरेको थियो ।
लामो आरामपछि अहिले कार्यालयको जिम्मेवारी पुनस् सम्हाल्न थालेकी सन्ध्याले लिंग परिवर्तनपछि आफूले बिल्कुलै नौलो अनुभूति गरेको बताइन् । ‘मेरो सपना थियो, शारीरिक रूपमा पनि महिला पहिचान बनाउने,’ सन्ध्याले भनिन्— अहिले त्यो पूरा भएको छ । महिलाको जस्तो पाठेघर प्रत्यारोपण भने आफूले नगरेको उनले बताइन् । सन् २०१२ मा उनले बैंककको प्रतुनाम पोलिक्लिनिकबाटै स्तनको शल्यक्रिया गरी स्तन विकास गराएकी थिइन् । सन्ध्याले आफ्नो स्वर महिलाको जस्तो बनाउन घाँटीको शल्यक्रिया गर्न बाँकी रहेको पनि बताइन् । नेपालमा लिंग परिवर्तन गरी पुरुषबाट नारीमा परिवर्तन भएका करिब दुई दर्जन मानिस छन् ।
सात वर्षयता तेस्रोलिंगी तथा समलिंगीको हकहितमा कार्यरत संस्था सहयात्री समाजको वीरगन्जस्थित कार्यालयमा कार्यक्रम प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी सन्ध्याले काठमाडौंस्थित नेपाल मानविकी क्याम्पसबाट १२ कक्षासम्म अध्ययन गरेकी छिन् । उनी पत्रकारिताकी छात्रा हुन् । २००८ मा काठमाडौंमा विश्व बैंकले आयोजना गरेको तेस्रोलिंगीहरूको ‘मिस ब्युटी एन्ड ब्रेन’ प्रतियोगिताको उपाधि जितेकी सन्ध्याले त्यसपछि बैंककमा भएको तेस्रोलिंगीको ‘मिस इन्टरनेसनल क्विन’ मा भाग लिने अवसर प्राप्त गरेकी थिइन् । उक्त प्रतियोगितामा उनी उत्कृष्ट १० सम्म पुगेकी थिइन् । नेपालमै लेजर प्रविधिबाट दार्‍ही–जुँगा हटाइसकेकी सन्ध्या गोरी मात्र छैनन्, उनीसँग आकर्षक उचाइ र बान्की परेको शरीर समेत छ ।
पुरुषका रूपमा जन्म लिएर पनि एक दशकअघि साहसिक रूपमा आफूलाई तेस्रोलिंगीका रूपमा सार्वजनिक गरेयता उनले महिला वेशभूषा र काया धारण गरेकी हुन् । झट्ट हेर्दा उनलाई कसैले पनि तेस्रोलिंगी भन्न सक्दैनथे ।
आकर्षक व्यक्तित्वकै कारण सन्ध्याले विभिन्न चलचित्र तथा म्युजिक भिडियोहरूमा नृत्य गर्ने अवसरसमेत प्राप्त गर्दै आएकी छिन् । गत वर्ष भारतको मुंगेरमा एउटा भोजपुरी म्युजिक भिडियोमा अभिनय गरेकी सन्ध्याले भोजपुरी चलचित्र ‘किस्मत’ को एउटा आइटम गीतमा समेत आकर्षक नृत्य गरेकी छिन् । त्यसअघि उनले भोजपुरी चलचित्र ‘जब प्यार किया तो डरना क्या’ मा एचआईभीसम्बन्धी जनचेतना फैल्याउने भूमिका निर्वाह गरेकी थिइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.