logo

जीतपुरसिमरा उपमहानगरको सरसफाई अभियान

      2/12/2018 गते 00 00 मा प्रकाशित     1245   पटक पढिएको


सिमरा, २९ माघ । खुल्ला दिशामुक्त र स्वच्छ नगर अभियान अन्तर्गत आईतवार जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित रजघट्टामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

 


सरसफाई अभियान सुरु हुनुअघि कार्यक्रममा बोल्दै जीतपुरसिमराका नगर प्रमुख डा. कृष्ण पौडेलले स्वच्छ नगरको अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे । उपमहानगरको अभियानमा जनप्रतिनिधिसंगै नगरबासी सहभागी हुदा सफलता मिल्ने भन्दै समाजप्रति सबैको उत्तिकै दायित्व रहेको बताए । 

 


निर्वाचित भएर आएको चार महिनामा जीतपुरसिमरा उपमहानगरको नगर सभा छिट्टै सम्पन्न गरेर त्यसको कार्यान्यवन अहिले भईरहेको उनको भनाई थियो । नगर सभा र उपमहानगरले सरसफाईलाई बिशेष प्राथमिकतामा राखेको भन्दै उनले सबै नगरबासी सहभागितामा खुल्ला दिशामुक्त र स्वच्छ नगर बनाइने बताए । 

 


सरसफाई अभियानमा उपप्रमुख सरस्वती चौधरी, वडाअध्यक्ष रामशरण बर्तौला, विभिन्नि राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका, विद्यालयका छात्रछात्रा र नगरबासीको सहभागिता रहेको थियो । रजघट्टाबाट सुरु भएको सरसफाई अभियान चौधरी टोलसम्म पुगेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.