logo

तलब निकासा नहुँदा स्वास्थ्यकर्मीहरु आन्दोलित 

      2/27/2018 गते 00 00 मा प्रकाशित     1527   पटक पढिएको

सुवर्णपुर १५ फागुन । तलव नपाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपनि नागरिक स्वास्थ्य सेवा प्रभावित हुने भएको  छ ।

 

पर्साको जिराभवानी गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु तलव नपाएको भन्दै मंगलवारदेखी आन्दोलनमा उत्रिएका छन । जिराभवानी गाउँपालिका अन्र्तगत बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४५ जना स्वास्थ्य कर्मचारीहरुले ५ महिना देखीको तलव नपाएको गुनासो गरेका छन ।

 

 स्वास्थ्य कर्मचारीहरुले बिगत पाँच महिनादेखि गाउँपालिकाले तलब निकासा नगरेको भन्दै नेतृत्वको आलोचना समेत गरेका छन ।

 

तलब निकासाको माग गर्दै गाउँपालिका कार्यालयमा पटक पटक ज्ञापन पत्र बुझाएको भएपनि कुनै सुनुवाई नभएको संघर्ष समितिका अध्यक्ष भागिरथ चौधरीले बताए ।

 

समितिले मंगलबार आन्दोलनको कार्यक्रम घोषणा गरी हातमा कालोपाटी बाँधेर सर्वसाधारणलाई सेवा प्रदान गर्ने निर्णय गरेका छन् । फागुन महिनाभरि कालोपाटी बांधेर सेवा प्रदान गर्ने, चैत्र १ देखि ७ गतेसम्म गाउँपालिकाको कार्यालय घेराउ गर्ने संघर्ष समितिले जनाएका छन् ।

 

आगामी ७ गते सम्म पनि तलब नदिए ८ गतेदेखि स्वास्थ्य संस्थाको सम्पूर्ण सेवा बन्द गर्ने समितिका सदस्य ज्ञानकिशोर प्रसादले जानकारी दिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.