logo

औषधी नहुदा वर्थिङ सेन्टर संचालनमा समस्या 

      4/18/2018 गते 00 00 मा प्रकाशित     1496   पटक पढिएको

बीरगंज ६  बैशाख । 
पर्साको धोनिवी गाउँपालिकाको भिखमपुरमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव हुदा स्वास्थ्य सेवा प्रभावित भएको छ । 


प्रथामिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका औषधी उपलब्ध गराउने सरकारी नीति रहे  पनि भिखमपुरमा भने जीवनजल र सीटामोल समेत नरहेको बताइएको छ ।

 

एक महिना देखी औषधीको अभाव छ ।सुत्केरी महिलाहरुले खाने आइरन चक्की समेत नरहेको स्वास्थ्यकर्मीको भनाई छ । वर्थिङ सेन्टरकालागि चाहिने आवश्यक औषधी नभएर सेवा प्भावित भएको केन्द्का बरिष्ठ हेल्थ असिसटेण्ट संजय कुमार यादवले बताए ।

 

स्वास्थ्य केन्द्रमा त्यस क्षेत्रका पिपरा,बिजवनीया,जानकीटेला,जगरनाथपुर गुलरीया लगाएताका गाउँका दैनीक १ सयको हाराहारीमा सेवाग्राहीहरु उपचारकोलागि आउने गरेको उनले बताए ।

 

औषधी अभावमा उपचार नहुदा आफूहरुले सेवागहीबाट आली खानु परेको यादवको भनाई छ । औषधी अभावमा वर्थिङग् सेन्टरको सेवा बन्द रहेको अनमी बिना पौडेलले बताइन ।

 

उपचारको लागि आउने महिलाले सेवा नपाएपछि औषधी नभएको चाल पाएपछि आफूहरुलाई गाली गलौज गर्ने बसेर तलव खाएका छन भन्दै धम्की समेत दिने गरेको स्टाफ नर्स संगीता मानन्धरले बताइन ।

 

स्थानीय तह संचालनमा आएपछि औषधी खरिदको जिम्मेवारी पनि स्थानीय तहमै गएको छ । स्थानीय तहले कामको राम्रो मेसो नसमात्दा औषधीको खरिद हुन सकेको छैन । कतिपय स्थानमा स्थानीय तहले औषधी खरिद गर्नु पर्ने समेतको जानकारी लिन सकेका छैनन ।

 

धोवीनी गाउँपालिकाको स्वास्थ्य समितिका संयोजक भरत चौधरीले औषधीकालागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई लेखी पठाएको बताए । उनले गाउँपालिका कार्यालय समेतलाई जानकारी गराइएको बताउदै छिटै समसया समाधान हुने बताएका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.