logo

प्रभु हस्पिटललाई काउन्सिलको सफाई, सेवा सुचारु गर्ने   

      2/7/2020 गते 00 00 मा प्रकाशित     1022   पटक पढिएको

वीरगन्ज, २४ माघ । नेपाल मेडिकल काउन्सिलले वीरगन्जको प्रभु अस्पताल भएको मृत्यु प्रकरणमा अस्पतालको दोष नदेखिएको जनाएको अस्पतालले जनाएको छ ।

अस्पतालको सेवाको बारेमा जानकारी गराउन आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका संचालक एवं वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा लक्ष्मी थापाले अस्पताल माथि लागेको आरोप गलत प्रमाणित भएको पनि जानकारी दिनुभयो । डा. गुप्ताले गत पुसमा बच्चा डेलिभरीको समयमा गर्भवतीको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल प्रशासनको लापरवाही नभएको काउन्सिलले प्रमाणित गरेको समेत बताउनुभयो ।  

काउन्सिलको सफाई संगै अस्पतालमा पुनः शल्यक्रिया शुरु गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगंजले यहि फागुन ४ गते देखि ९ गते सम्म स्वास्थ्य शिविर गर्ने जनाएको छ । हस्पिटलले आज अस्पतालमै पत्रकार सम्मेलन गरेर फागुन ४ गते बिहान १० बजे देखि २ बजे सम्म अस्पताल परिसरमैै शिविर संचालन गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष एवं सर्जन डा. मनोज कुमार गुप्ताले शिविरबाट निम्न आय भएका व्यक्तिहरु बढी लभान्वित हुने बताउनुभयो । डा. गुप्ताले फागुन ४ गते बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. राधा भट्टराई, फिजिसियन डा. उदयनारायण सिंह,डा. महेश्वर प्रसाद कुर्मी, फागुन ५ गते बरिष्ठ हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा.रविन्स कुमार साह, डा. चन्द्रभुषण यादवले स्वास्थ्य परिक्षण गर्नेछन् ।

त्यस्तै फागुन ६ गते बरिष्ठ बाल तथा नवजात शिशुरोग बिशेषज्ञ डा.रैफुल आलम, डा.प्रविन कुमार सिंह, डा. श्यामबाबु साह, डा.अमित ठाकुर, फागुन ७ गते बरिष्ठ नाक,कान,घाँटी रोग बिशेषज्ञ डा. बिद्यान कोइराला, डा. राम प्रधान, फागुन ८ बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा.लक्ष्मी थापा गुप्ता, डा. बिरेन्द्र भगत र फागुन ९ गते बरिष्ठ सर्जन डा. मनोज कुमारले चेकजाँच गर्ने जानकारी दिनुभयो ।

उहाँले शिविर अवधिभरी ओपिडिमा ५० प्रतिशत ,एक्सरे,भिडियो एक्सरे ल्याव सहित अप्रेशनमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अस्पतालका डाक्टर, कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख लक्ष्मी खरेलले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.