logo

कोरोना भाइरसको परिक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने

      3/28/2020 गते 00 00 मा प्रकाशित     778   पटक पढिएको

काठमाडौं १५  चैत । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ को परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भारइस संक्रमणको परीक्षण सुरु हुने जनाएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाटो परीक्षणका लागि आवश्यक सबै तयारी सम्पन्न भएको भन्दै आजैबाट परीक्षण सुरु गर्ने जानकारी दिनु भयो । 

उहाँले  कोरोना संक्रमति परीक्षणका लागि हेटौडा, पोखरा र नेपालगञ्जमा पनि ल्याबको व्यवस्था गर्न लागिएको जानकारी दिनु भयो ।

 

देशको विभिन्न पाँचवटा प्रदेशहरुमा परीक्षण केन्द्र राख्ने सरकारको निर्णयअनुसार प्रदेश नम्बर १ का लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण केन्द्र राखिएको हो ।

 

हिजो मात्र परीक्षण केन्द्र अर्थात् प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्रीहरु धरान पुगिसकेको थियो। आज प्रयोगशाला तथा सामग्रीहरूको परीक्षण थालिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता अशोक अयरले जानकारी दिनुभयो । जम्मा ७७ जना लाई परामर्श  प्रदान गरिसकिएको छ ।

 

त्यसमध्ये १९ जनाको नमुना परीक्षण गरिएकोमा १३  जना को रिपोर्ट नेगेटिभआएकोले उनीहरुलाई डिस्चार्ज दिइसकिएको छ ।

 

अन्य को रिपोर्ट आउन बाँकी रहेको छ । अहिले तत्काल आइसोलेशनमा मा ५ जना राखिएको भएपनि दुईजनाको रिपोर्ट नेगेटिभ आइसकेकोले ती दुई जनालाई भोलि डिस्चार्ज दिइने प्रवक्ता अयरले जानकारी दिनुभयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.