वीरगञ्ज २५ चैत ।
प्रदेश नं. २ को सरकारले बीरगंजमा कोरोना अस्पतालकोलागि सम्भाब्यता अध्ययन शुरु गरेको छ ।
कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण रोकथाम र उपचारकोलागि गठन गरेको विज्ञहरुको टोलीले मंगलबार वीरगञ्जका विभिन्न अस्पतालहरुको सम्भाव्यत स्थलगत अध्ययन गरेको हो ।
पूर्व स्वास्थ्यराज्य मंत्री डा. सुरेन्द्र यादवको नेतृत्वमा आएको टोलीमा विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय लगयातको सहभागिता थियो ।
टोलीले बीरगंज हेल्थ केयर अस्पताल,नेशनल ट्रेडिङको भवन र कृषि ज्ञान केन्द्र भवनको स्थलगत अवलोकन गरेका छ । प्रदेशका मुख्यमंत्री लालबाबु राउत गद्धीले सासद प्रदीप यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसंग बीरगंजमा कोरोना उपचार अस्पताल बनाउने आश्वासन दिनु भएको थियो ।
सोही अनुरुप अध्ययनटोली आएको हो । अध्ययन टोलीले यस क्षेत्रका जनप्रतिनिधि र चिकित्सकहरुसंग समेत आवश्यक परामर्श गरेको छ ।
यसैवीच सांसाद यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, एन ९५ मास्क, पञ्जा र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गर्नु भएको छ ।चौधरी फाउन्डेशनले प्रदेश नम्बर २ लाई सहयोग स्वरुपमा प्रदान गरेका उक्त स्वास्थ्य सामग्री यावदले नारायण अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायलाई हस्तान्तरण गर्नु भएको हो।
तपाईको प्रतिक्रिया