बीरगंज २६ चैत ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिनु भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टा भित्रमा कोरोना भाइसबाट कोही पनि संक्रमीत फेला परेका छैनन। नेपालमा हाल सम्म २ हजार ३ सय ६६ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ।
हालसम्म काठमाडौं उपत्याकाभित्र १हजार ९ सय ६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो।
उपत्यका र उपत्यकाबाहिर गरी जम्मा २ हजार ३ सय ६६ जनाको परीक्षणमा नयाँ संक्रमित नदेखिएको डा देवकोटाले बताउनु भयो ।
मन्त्रालयले नमुना परीक्षणको कामलाई विस्तार गरीएको छ । नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ।
जसमध्ये १ जना निको भइसकेका छन्। अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया