बीरगंज १२ बैशाख ।
बीरगंजको सिद्धार्थ स्कुलको क्वारेन्टिनमा रहेका ४६ जनाको र छपकैया वडा न .१,२ र ३ मा १ सय ३४ जना गरि जम्मा १ सय ८० जनाको शुक्रवार स्वाब संकलन भएको छ ।
यो अन्ति परिक्षणकालागि स्वाब संकलन भएको हो । संकलीत स्ववाब परिक्षणकालागि काडमाण्डौ पठाइने नेपाली सेनाको २८ बाहिनीका प्रमुख अनुपजंग राणाले बताउनु भयो ।
बीरगंजको छपकैया वडा न .२ को मस्जिदमा आश्रय लिदै आएका २६ जना धर्म प्रचारक मध्य ३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ आईसकेपछि बीरगंजमा गम्भि र जोखिममा परेको छ ।
संक्रमण पत्ता लाग्ने बित्तिकै स्थानीय सरकार र प्रशासनले छपकैया क्षेत्रलाई शिल गरेको थियो । शिल भएको ठाउमा आरडीटी माध्यमबाट टेस्टको काम हुरु भएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थियो । शुक्रवार
अन्तिम चरणको चेकजाँचको लागि आज छपकैया वडा न.१,२ र ३ गरि जम्मा १३४ जनाको स्वाब लिइएको छ रिपोर्ट नेगेटिभ आए क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई सम्बन्धित निकाय वा नजिकका व्यक्तिहरुको जिम्मा लगाई पठाउने तयारी भएको चन्डी प्रसाद गण बिरगंजका गणपति मदन जंग राणाले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया