logo

संक्रमण बढीरहेको अवस्थामा राहतको खवर, नेपालमै पहिलो पटक कोरोना परिक्षणकालागि भिटिएम उत्पादन शुरु

      5/25/2020 गते 00 00 मा प्रकाशित     1324   पटक पढिएको

बीरगंज पथलैया औधोगिक करिडोर स्थित छाता पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले नेपालमै पहिलो पटक भाइरस ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.) को उत्पादन सुरु गरेको हो ।

मुख तथा नाकबाट लिइएको स्वावलाई परीक्षणका लागि ल्याबसम्म सुरक्षित रुपमा पुर्याउन भिटिएमको प्रयोग हुन्छ । कोभिड–१९ को महामारीमा पिसिआर टेष्टका लागि नभइ नहुने भि.टि.एम.का लागि हालसम्म अरु मुलुकको मुख ताक्नुपर्ने अवस्था थियो ।

 

भिटिएम अभावमा स्वाब परिक्षण समेत प्रभावित हुदै आएको समाचारहरु आइरहेको बेलामा भिटिएमको उत्पादनले निकै महत्व राख्दछ । 


एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले दैनिक १० देखि १५ हजार ट्युव भि.टि.एम. उत्पादन गर्न सक्छ । यसका अलवा इन्जेक्टेवल्स, सलाइन, आइड्रप्स तथा नेजल स्पे्र जस्ता औषधिहरु बजारमा ल्याउने तयारी गरिरहेको छ।

एभरेष्ट प्यारेन्टेरल्स  का प्रवन्ध निर्देशक उमङ्ग राणासरियाले पटक पटक भिटिएम अभावको कारणले गर्दा पिसिआर परीक्षणमा वाधा परिरहेको अवस्थामा नेपालमै उत्पादन सुरु गरेको बताउनु भयो ।

 

न्युनतम मूल्यमा उच्च गुणस्तरको भिटिएम उपलब्ध गराउने उहाँले अठोट ब्यक्त गनुृ भयो।  उच्च स्तरीय प्रयोगशाला समेत भएकाले प्रत्येक व्याचको परीक्षण हुने तथा अन्य क्षमतायुक्त बाहिरका ल्याबमा समेत परीक्षण गराएपश्चात् मात्र भिटिएम बजारमा पठाइने उहाँले बताउनु भयो ।’

 

अमेरिकाको कोरोना सम्बन्धि भिटिएमको निर्देशिकाको पूर्ण पालना गरी बनाइएको तथा प्रयोग हुने कच्चा पदार्थदेखि उत्पादन तथा वितरणको अन्तिम चरणसम्म २ देखि ८ डिग्री सेल्सीयस तापक्रमको कोल्ड चेनको पूर्ण पालना गरिने हुनाले भिटिएम गुणस्तरीयता तथा प्रभावकारीता युक्त रहेको उधोगले दावी गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.