logo

पर्साबाट ८ जना कोरोनालाई जितेर घर गए 

      6/18/2020 गते 00 00 मा प्रकाशित     932   पटक पढिएको

वीरगन्ज, ४ असार । पर्सामा आज ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालको आइसोलेसनमा बसेका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

१४ दिन पूरा भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा पर्साको सिर्सिया बस्ने १५ वर्षीया किशोरी र रौतहटको राजदेवी नगरपालिका–१ पथराकी ३६ वर्षीया महिला छन् ।

यस्तै पर्साको कालिकामाई गाउँपालिका–२ का १६, ३०, ४०, र ४५ वर्षीय चार जना पुरुष र पर्साकै ३३ र २५ वर्षीय दुई जना पुरुष डिस्चार्ज भएका छन् । रौतहटकी महिलामा जेठ २२ गते र अरुमा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको कोरोना संक्रमण पुष्टि भएको १० दिनमा गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । सरकारको नयाँ गाइडलाइनले १४ दिन आइसोलेसनमा राखेर घर पठाउन सकिने व्यवस्था गरेको छ । डिस्चार्ज भएका उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको डा. सिंहले  जानकारी दिए ।

गण्डक कोभिड अस्पताललमा हालसम्म १०३ जना संक्रमित भर्ना गरिएकोमा ६१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.