logo

बीरगंजमा २ सय ५० बढी बेडको आइसोलेशन ब्यवस्थापन,आजबाट बीरगंज हेल्थ केयर अस्पतालले पनि उपचार सेवा दिने

      8/1/2020 गते 00 00 मा प्रकाशित     894   पटक पढिएको

कोरोना भाइरसका कारण संक्रमीत बिरामीको उपचारकालागि बीरगंजमा करिव २ सय ५० बेडको आइसोलेशन वार्ड तयार भएको छ । बीरगंजको गण्डक अस्पतालले ७५ बिरामी भर्ना गरेर सेवा दिन सक्छ ।

 

गण्डकमै रहेको बीरगंज हेल्थ केयर अस्पतालले करिब १ सय ५० बिरामीलाई भर्ना गरेर उपचार सेवा दिन सक्छ । संघीय सरकारको मातहतमा रहेको नारायणी अस्पताललाई लेभल २ कोभिड अस्पतालको रुपमा संचालनमा ल्याएपछि त्याहा १ सय भन्दा बढी बिरामीले सेवा पाउने छन । यसरी बीरगंजमा संक्रमीतको संख्या बढदै जाँदा आइसोलेशन वार्डको ब्यवस्थापन पनि क्रमिक हुदै गएको छ । 


बीरगंज हेल्थ केयरका अस्पतालका संचालक डा.अबु हैयसले अस्पतालको चावी नेपाल सरकारलाई बुझाएको बताउनु भयो । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्टलाई अस्पतालको चावी आज बुझाएको उहाँले बताउनु भयो । अस्पताल निर्मलीकरण गरेर तयारी अवस्थामा राखेर दिएका छौ उहाँले भन्नु भयो“आजै बिरामी भर्ना गरेर उपचार गर्न मिल्ने अवस्थामा अस्पताल बुझाएका छौ आजे बिरमी भर्ना गर्दा पनि हुन्छ” । 

यस अघि सङ्कट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरे अनुसार वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल सञ्चालन गर्न दिन मन्त्रलायले अनुमति दिएको छ । केन्द्रले गएको बिहिवार अस्पताल संचालन अनुमतीको माँग राखेर केन्द्रीय सीसीएमसी, गृहमंत्रालय,संघीय स्वास्थ्यमंत्रालय लगायतका सरोकारवाला निकाययलाई पत्राचार गरेको थियो ।

 

केन्द्रीय तहले पनि एकैदिनमा सबै निकायबाट पर्सा जिल्लाले पठाएको पत्रलाई आ आफनो औपचारिक निकायबाट अनुमोदन गरेर अस्पताल संचालनको अनुमती दिएको हो । शुक्रवार उकै दिनमा यो सम्पूर्ण प्रक्रिया पुरा भएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो ।

 नारायणी अस्पतालको मातहातमा रहनेगरी वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल बनाएर संचालन गर्ने कुरा टुंगोमा पुगको अस्पतालका संचाल डा. हैयसले बताउनु भयो । 

डा. अन्सारीले अस्पतालमा १०० शैयाको आइसोलेसन, ८ भेन्टिलेटर र ३० वटा आइसीयू बेड रहेको जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.