logo

बिश्व मुटु दिवसको अवसरमा प्रभू अस्पतालले निशुल्क मुटको रोगको चेकजाँच गर्ने 

      9/28/2020 गते 00 00 मा प्रकाशित     1429   पटक पढिएको

बिश्व मुटु दिवसको अवसरमा प्रभू अस्पतालले निशुल्क ओपिडी चाँज गनेृ भएको छ । अस्पतालले आज आफनो फेसबुक पेजबाट मुटुको निशुल्क चेक जाँच गर्ने कुरा सार्वजनीक गरेको हो ।

 


असोज १३ गते मंगलवार दिउसो १२ बजे देखी अस्पतालमा सेवारत मुटु रोग बिशेषज्ञ डा. राधा भट्टराईले चेकजाँच गर्नु हुनेछ । अस्पतालका अनुसार चेक जाँचको कुनै पनि शुल्क नलाग्ने अस्पतालले बताएको छ । बिश्वभर हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ  ।

मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरुमा पठाइरहन्छ । मुटु हाम्रो सु स्वास्थ्यको पनि मुटु नै हो ।

 

सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरु मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरुलाई २५ प्रतिशतले कमगर्ने साझा सहमती गरेका छन् । नसर्ने रोगहरुको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरु हृदयघात अनि हृदय सम्बन्धि रोग अनि समस्याहरुले मरिरहेका तथ्याङ्क छ ।

हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसंग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ अनि गतिशिलताका लागि पर्याय छ । विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो ।

 

यस दिन हृदय रोगीहरु, उपचार प्रदायकहरु, जनचेतकहरु, सञ्चार माध्यमहरु असन जनमानसहरु एकै थलोमा भेला भएर मुटुलाई रक्षागर्ने कुराहरु अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् । तपाई हामीलाई थाहा हुनुपर्छ कि हाम्रो जीवनशैलीको सानो भूलका कारणले हाम्रो हृदयमा नकारात्मक असर पारीरहेको छ   ।

व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा छौं ।

दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं । स्मरणिय रहोस्, माथि उल्लेखित कुराहरुमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरुको असामहीक मृत्यूलाई रोक्न सकिन्छ ।

मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष पूर्‍याउन शक्तिलाई बिकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो ।

 आफ्नो मुटुलाई छामौं र बिचार गरौं कत्तिको मुटुमैत्रि जीवनशैली हामीले अपनाएका छौं रु हाम्रो परिवार अनि समुदायका सदस्यहरुको मुटु पनि स्वस्थ बनाँउन हाम्रो जिम्मेवारी पनि बिचार गरौं, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।

सबैको हृदयको गती जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् । विश्व मुटु दिवसको शुभकामना 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.