logo

पर्सामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ,उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको अपिल

      3/28/2021 गते 00 00 मा प्रकाशित     682   पटक पढिएको

पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको बिभिन्न स्थानबाट संकलन गरिएको स्वाव परिक्षण पछि ६ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको हो । 

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको अस्पतालले जनायो ।

 

संक्रमित हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का २२ वर्षीय पुरुष, वडा नम्बर १० का ६० वर्षीय पुरुष, वडा नम्बर १३ का २५ वर्षीय पुरुष, वडा नम्बर १४ का २५ वर्षीय पुरुष र वडा नम्बर २५ का ६० वर्षीय पुरुष रहेका छन् ।

 

१९ जनाको थ्रोट स्वाब नमूना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनु भयो  ।

 

उनीहरूको सिटी भ्यालु २२.१ देखि ३१ सम्म रहेको छ । कोरोना महामारीको जोखिम बढ्दै गएकोले स्थानीय प्रशासनले होली पर्व स्वास्थ्य सतर्कताका साथ मनाउन आग्रह गरेको छ ।

स्थानीय प्रशासनले २५ जना भन्दा बढीलाई एकै ठाउमा भेला नहुन भनेको छ । सामाजिक दुरी कायम राख्ने र उच्चतम सर्तकता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.